News Portal

पानी भर्न रातभर जागराम, मुहान सुकेपछि सिंगो बजारको एउटै धारो

हिमाली संचार संवाददाता
६८० पटक

दुर्गा वि.सी.
सल्लीबजार, २५ जेठ : पश्चिम सल्यानको सल्लीबजारका स्थानीय खानेपानीको लागि रातभर जागराम वस्ने गरेका छन् । खानेपानीको मुहान सुकेपछि पानी भर्नको लागि बजारवासि रातभर पालो कुरेर पानी भर्ने गरेका छन् । सल्लीबजारमा वर्षेनी खानेपानीको समस्या टड्कारो रहेको छ ।

सल्लीबजार खानेपानी मर्मतको लागि परेको वजेटमा समेत ट्यांकि निर्माणको लागि जग्गा विवादले काम तिव्र गतीमा अघि वढ्न सकेको छैन् । सल्लीबजारमा सुख्खा यामसँगै मुहानमा पानी सुक्न थालेपछि स्थानीय पानी भर्नाकै लागि रातभर जागराम वस्ने गरेका छन् । सल्लीबजारको चरम खानेपानी समस्या प्रति सम्बन्धीत निकायहरुले खासै ध्यान नदिदाँ बजार वासिले निक्कै समस्या व्यहोरिरहेको स्थानीय व्यापारि गणेश वुढाको दुखेसो छ ।

सल्लीबजार स्थापना भए देखि हालसम्म खानेपानीको उस्तै पीरलो रहेको वुढाको दुखेसो छ । खानेपानीका मुहानहरु परसस्त हुदाँ हुदै समेत जनप्रतिनीधीको ईच्छा शक्ति नभएकाले खानेपानीको विकारल समस्या रहेको वजारवासिको भनाई छ । हुनेखानेले ईनार खनेर पानी खाईरहेका छन् भने हुदाँ खानेलाई खानेपानीको समस्या भएको अर्का व्यापारि विजय नेपालीको दुखसो छ ।

कतिले भेरी नदिको पानी खाईरहेका छन् भने केहिले व्यक्तिगत ईनार खनेर पानी खाईरहेका छन् । तर यहाँका विपन्न नागरिकहरु खानेपानीको हाहाकारमा दिन गुजरा चलाई रहेका छन् । तेहि सुक्दै गरेको पानी भर्नाका लागि स्थानीयको दैनिक झगडा समेत हुने गरेको छ ।

खानेपानी निर्माणका नाममा तेहि भएको पानी समेत विग्रीए पछि एउटै धारमा वजारवासिले काम चलाएका छन् । सिंगो वजार वासिको एउटै धारो हुदाँँ पानी भर्नाका लागि रातभर जागराम र दैनिक झगडाको कलह उत्पन्न हुने गरेको छ । सल्लीबजार जस्तो नगरको केन्द्रमा खानेपानीको चरम समस्या छ भने अन्य वडा र गाउँहरुको अवस्था त झन भयावह छ ।

खानेपानीको लागि अधिकांस गाउँ वस्तीका मुहानहरु सकि सकेका छन् । मुहान नहुदाँ खानेपानी आफुर्ती गर्न कठिनाई रहेको जनप्रतिनीधीहरुको भनाई छ । तर सल्लीवजारमा लिफ्ट खानेपानी देखि अन्य वैकल्पीक थुप्रै उपाय हुदाँ समेत यस वजारको वर्षेनी समस्या समाधान हुन नसकेको स्थानीले वताउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...