News Portal

  • गंगाजमुना गाउँपालिकाकाे स्वास्थ्य क्षेत्रमा सुधार हुँदै

    हिमाली संचार संवाददाता
    ५११ पटक

    धादिङ : गंगाजमुना गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनु भएको छ ।भौगोलिक विकटता भएपनि सबै क्षेत्रमा स्वास्थ्यको पहँच पु¥याउनको लागि आफु लागि रहेको बताउनु भएको छ ।

    नीलकण्ठ एफ.एमबाट प्रसारण हुँदै आएको नीलकण्ठ संवादमा बोल्दै उहाँले अहिले सर्ने रोग भन्दा पनि नसर्ने रोगको कारण मानिसहरुको मृत्यु भएको बताउनु भएको छ । अस्वथ्य खानपान र अल्छिपनाको कारण मानिसहरुमा नसर्ने रोग बढेको भन्दै उहाँले स्वस्थ्य रहनको लागि आनिबानी परिवर्तन गर्नको लागि आग्रह गर्नुभयो ।

    गंगाजमुना गाउँपालिकामा हाल पाँच वटा स्वास्थ्य चौकीहरु र चार वटा सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन् ।चेतनाका हिसाबले पनि गँगाजमुना गाउँपालि धेरै पछाडी रहेको भन्दै चुनौती रहेको बताउनुभयो ।

    गंगा जमुना गाउँपालिका गंगा र जमुना नाम गरेको दुई वटा झरना बाट रहन गएको भन्दै गाउँपालिकालाई पर्यटन क्षेत्रमा प्रबद्र्धन गर्न सकिने बताउनु भएको छ। उहाँले जनताको सबै ठाउँमा स्वास्थ्यको पहुँच राम्रो होस भनेर हामीले पहुँच नपुगेको ठाउँमा संस्था पनि विस्तार गर्दै गएको बताउनुभयो ।

    गाउँपालिकामा पहिला ५ वटा स्वास्थ्य चौकी र तीन वटा मात्रै सामुदायिक स्वास्थ्य एकाई पनि स्थानीय गाउँपालिकाले नै खर्च व्यहोर्ने गरि स्थापना भएर संचालनममा आईसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो । सुत्केरी कुरुवा घर बनाउने योजना भएको भन्दै उहाँले आगामी बर्ष भित्र काम सम्पन्न गरीसक्ने बताउनुभयो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १६ गतेको राशिफल

    आज कार्तिक १६, २०८२ (नोभेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फोहोरमै उपचार : गंगाजमुना गाउँपालिकाको ग्रामीण अस्पतालमा सरसफाइ संकट र गैरजिम्मेवारी व्यवस्थापन

    धादिङ – गंगाजमुना गाउँपालिकामा रहेको ग्रामीण अस्पतालको अवस्था दयनीय बन्दै गएको छ। बिरामी राख्ने शय्यादेखि...

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...