News Portal

संगठित हुन सुर्खेतमा दलित पत्रकारहरुको भेला

हिमाली संचार संवाददाता
४०६ पटक

सुर्खेत,२३ जेठ : सुर्खेतमा पत्रकारीता गर्दै गरेका दलित पत्रकारहरु विहिवार भेला भई अन्तरक्रिया गरिएको छ। पत्रकारीता पेशालाई थप मर्यादित र जनपक्षिय बनाउन आगामी दिनमा खेल्ने भुमिकाका बिषयमा समेत छलफल तथा अन्तरक्रिया भएको छ।

१ हप्ता अघि केन्द्रिय राजधानी काठमाण्डौमा पहिलो पटक दलित समुदायका पत्रकारहरुले आफ्नो साझा संगठन राष्ट्रिय दलित पत्रकार संघ नेपाल स्थापना गरिसके पश्चात अहिले महासंघले विभिन्न जिल्लाका दलित समुदायका पत्रकारहरुसंग छलफल तथा अन्तरक्रिया गर्न थालेको छ ।

सोही अनुरुप नवगठित राष्ट्रिय दलित पत्रकार संघ नेपालका सचिव सन्तोष गन्दर्भको उपस्थितमा सुर्खेत स्थित दलित समुदायका पत्रकारहरुसंग दलित पत्रकारहरुका समस्या र आगामी दिनमा संगठित भएर कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गरिएको हो।

सचिव गन्र्दभले दलित समुदयबाट पत्रकारीता गर्नेहरु आफनो पेशागत सुरक्षा र हक अधिकारको लागि संगठित हुनुपर्छ भन्ने दायित्व बोध गरेर पहिलो पटक महासंघको गठन गरिएको बताए। दलित समुदयबाट यस पेशामा आवद्ध भएकाहरुका समस्या र दलित समुदायबाट पत्रकारीता पेशामा आवद्ध हुनेहरुलाई प्रोत्साहान गर्न महासंघको अगुवाईमाहामी यसरी जिल्लाजिल्ला पुगको हौं’ उनले भने।

दलित समुदायबाट पत्रकारीता गर्दे आएका हरुपनि विभिन्न समस्याका कारण पलाएन हुने बाध्यता भएकाले आगामी पत्रकारीता पेशामा टिकाई राख्न महासंघले पहल गर्ने छ। साथै दलित समुदायका विभिन्न समस्या र एजेण्डाहरु नीति निर्माण तहसम्म पु¥याउन महासंघले मुख्य भुमिका खेल्ने उनले बताए।

अबको केहि समयमै प्रादेशिक र जिल्लागत संगठनहरुको स्थापना गरी ७७ वटै जिल्लामा रहेका दलित पत्रकारहरुलाई संगठित गर्ने महासंघको लक्ष्य रहेको उनको भनाई छ । यस्तै महासंघले दलित समुदायका पत्रकारहरुलाई क्षमता अभिवृद्धि गर्ने, विभिन्न तालिमहरु मार्फत नयाँ पत्रकार उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेलले आफुले विगत १६ बर्षदेखि पत्रकारीता गर्दै गरेको अनुभव साट्दै पत्रकारीता पेशामा टिक्न अत्यन्तै गाह्रो हुने त्यसमा पनि दलित समुदायबाट आउनेहरुलाई झनै समस्या हुने धारणा राखे । उनले दलित महिला पत्रकारहरुको संख्या झनै न्युन रहेको भन्दै उनीहरुलाई कसरी पत्रकारीतामा सधै जोगाईराख्न सोच्नुपर्ने बताए ।

पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माले दलित समुदायका समस्या, गुनासो र प्रमुख ऐजेण्डाहरु बुलन्द गर्न दलित समुदायलेपनि आफ्नै मिडिया सञ्चालन गर्न तर्फ अग्रसर हुनुपर्ने बताए । विश्वकर्माले सम्रग पत्रकारुको साझा संगठन पत्रकार महासंघको नेतृत्वमा पुग्नका लागि पनि सबै दलित पत्रकारहरु संगठित हुनुपर्नेमा जोड दिए ।

छलफलमा सुर्खेत स्थित विभिन्न सञ्चार माध्याममा कार्यरत दलित समुदायका पत्रकारहरुले पत्रकारीता पेशामा दिगो हुनका लागि पहिलो कुरा आर्थिक चुनौति नै रहेको दावी गरेका छन। पेशालाई थप शसक्त बनाउन नवगठित दलित पत्रकार महासंघले विभिन्न पेशागत तालिम एवम क्षमता विकास समबन्धि क्रियाकलाप गर्नुपर्ने सहभागिहरुको माग थियो ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...