News Portal

माघमा राेपेकाे धान भित्र्याउन कृषक व्यस्त

हिमाली संचार संवाददाता
५२९ पटक

रबिन्द्र बराल
जेठ, २२ बिहीबार : मोरङको दक्षिणी भेगमा रहेको रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाका कृषकहरु जेठ महिनाकाे टनटलापुल घाममा धानबालि भित्र्याउन ब्यस्त हुन थालेका छन ।

दक्षिणी भेगमा रहेको सयौं बिघा खेतमा अहिले पहेँलो भए र धान फलेको देखिन्छ भने कतै कृषक तथा मजदुरहरु धान काटदै गरेको दृश्य समेत देख्न सकिन्छ । नेपाल सरकारकाे प्रत्येक बर्षकाे बजेट भाषणमा मजदुरहरुकाे ज्याला बडेकाे भाषण गरेता पनि गाउँ घरमा रहेर खेतीपातिमा काम गर्ने जन मजदुर महिला वा पुरुषलाई ज्याला सरकारले ताेकेकाे रकम भन्दा कम पाउने गरेको पार्वती सरदाले बताईन।

नेपाल सरकारले ५ सय ३० रुपैयाँ ज्याला ताेके पनि महिलाहरुले एक दिन धान राेप्दा एक सय रुपैयाँ दिेने गरेको र पुरुषलाई ३ सय रुपैयाँ दिने गरेकाेे पार्वतीले बताईन । कृषक हरुले माधमा राेपेकाे धान जेठ महिनाम काटेर पुनः असारमा धान वाली लगाउने गरेका छन । उनिहरुले धुटराज धान, बाँस धान, मनसुली, राधा १२, जस्ता धान राेप्ने गरेका छन ।

रंगेलीका भरत राजवंशीले बिगत २० बर्ष देखि ३ बिघा खेतमा दुई बाली धान भित्र्याउने गरेका छन । माटो नराम्रो भएका कारण अरु वालि नहुने भएको हुनाले दुख गरेर धान खेती मात्रै लगाउने गरेको र अरु समयमा खेत बाझै छाडने गरेको उनले बताए ।

अहिले उक्त खेतमा घुटराज धान राेपी रहेका छन ।माघमा रोपेको धान जेठ महिनामा काट्ने गरेको र पुनः असार महिनामा अर्को धान रोप्ने गरेको उनलेे बताए । साे खेतहरुमा खेतमा ३ सय मुरि सम्म धान उत्पादन हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...