News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • अखिल क्रान्तिकारीका नेताद्वारा पत्रकारको नाक भाँच्न २ करोड माग

    हिमाली संचार संवाददाता
    ५९३ पटक

    मोरङ, २२ जेठ : नेकपा निकट विद्यार्थी नेताले पत्रकारको नाक भाँच्न २ करोड बजेट माग गरेका छन। इटहरीका मेयर द्धारिकालाल चौधरीले पत्रकारको नाक भाँच्न एक करोड बजेट छुट्याएको अभिब्यक्ति दिए लगत्तै बिभिन्न टिकाटिपणी हुन थालेको छ ।

    सो कुराको समर्थन गर्दै मोरङको पथरीशनिश्चरेको पथरी बहुमुखी क्याम्पसका अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश चौहानले पत्रकारको नाक भाच्न २ करोड माग गरेका छन । चौहानले आफ्नो फेसबुकमा भ्रष्टाचारी, घुसखोरी र झोले पत्रकारको नाक भच्नु पर्ने भन्दै आगामी बजेटमा २ करोडको माग गरेका छन । उनले संघ, प्रदेश र स्थानीय सरकारकोसंग वा पार्टीसंग भन्ने चाहि खुलाएका छैन्न ।

    पत्रकारले अनेरास्ववियु र अखिल क्रान्तिकारीले आयोजना गरेको महिला फुटवलको हिसाव माग गर्ने गरेको र संगठनका अध्यक्ष प्रकास चौहान र जनक पोख्रेलले हिसाव सार्वजनिक गर्न आलटाल गर्दै पन्छीने गरेका थिए ।

    विद्यार्थी नेत्रि निता कुलुङ्ग राईको संयोजकमा केहि समय अघि अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा महिला फुटवल सम्पन्न भएको थियो । तर राष्ट्रीय खेलकुद परिसद, नगरपालिका, पाटिका नेता, स्थानिय ब्यापारी र क्याम्पसबाट आर्थिक सहयोग लिएको तर संगठनले हिसाव भने ६ महिना बितीसक्दा पनि देखाउन सकेको छैन ।

    पत्रकारले बारम्बार हिसाव सार्वजनिक गर्न पहल गरेको भएर उनले सोहि मैकामा पत्रकारमामि यस्तो आलोचना लगाएको हुन सक्ने पथरीशनिश्चरेका संचारकर्मीहरुको अनुमान छ ।

    दुई संगठन अनेरास्ववियु र अखिल क्रान्तीकारीले हिसाव सार्वजनीक नगर्नुले नगरको बजेट पचाउन महिला फुटवलको नाममा झारो टार्ने कार्य गरेको देखिन्छ । पथरीशनिश्चरेका अनेरास्ववियु र अखिल क्रान्तीकारीका नेतालाई सो बिषयमा सोध्दा २/४ दिनमा हिसाव सार्वजनीक गर्ने भने पनि ६ महिना बितिसकेको छ ।

    इटहरीका मेयरले सिधाकुरा जनतासँगको कार्यक्रममा आफू कम्युनिष्ट भएको कारण आफु जे चाह्यो त्यही गर्न पाउनुपर्ने बताएका थिए । उनले अहिले स्वतन्त्र पत्रकार विराट अनुपमको नाक भाँच्न आफ्नै पाटीका एक नेताले १ करोड दिएको वताउदै आएको छन् । पत्रकारहरुले नेकपा निकट सरकारले गरेका कर्तुतहरु एकाएक बाहिर ल्याउन थालेपछि नेकपाका नेता र कार्यकर्ताहरु पत्रकारसंग रुष्ट बन्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ९, २०८२ (अप्रिल २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा हुने, मिति सार्ने कुनै सम्भावना छैन : उच्चस्तरीय समिति

    काठमाडौँ, वैशाख ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आउँदो मे ३ देखि...

    शिक्षक आन्दोलनमा नाचेर चर्चित बनेका होमराज पौडेल निजी स्कुलका सञ्चालक

    काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक...

    आफ्नै छोरीप्रति बलात्कारको आरोपमा बाबु पक्राउ, प्रहरी अनुसन्धान जारी

    ८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै...

    शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा : शिक्षक आन्दोलनको चर्को दबाबबीच जिम्मेवारीबाट अलग

    काठमाडाैं, वैशाख ८ – लामो समयदेखि शिक्षक आन्दोलनको घेराबन्दीमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः पदबाट...