News Portal

अखिल क्रान्तिकारीका नेताद्वारा पत्रकारको नाक भाँच्न २ करोड माग

हिमाली संचार संवाददाता
७०४ पटक

मोरङ, २२ जेठ : नेकपा निकट विद्यार्थी नेताले पत्रकारको नाक भाँच्न २ करोड बजेट माग गरेका छन। इटहरीका मेयर द्धारिकालाल चौधरीले पत्रकारको नाक भाँच्न एक करोड बजेट छुट्याएको अभिब्यक्ति दिए लगत्तै बिभिन्न टिकाटिपणी हुन थालेको छ ।

सो कुराको समर्थन गर्दै मोरङको पथरीशनिश्चरेको पथरी बहुमुखी क्याम्पसका अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश चौहानले पत्रकारको नाक भाच्न २ करोड माग गरेका छन । चौहानले आफ्नो फेसबुकमा भ्रष्टाचारी, घुसखोरी र झोले पत्रकारको नाक भच्नु पर्ने भन्दै आगामी बजेटमा २ करोडको माग गरेका छन । उनले संघ, प्रदेश र स्थानीय सरकारकोसंग वा पार्टीसंग भन्ने चाहि खुलाएका छैन्न ।

पत्रकारले अनेरास्ववियु र अखिल क्रान्तिकारीले आयोजना गरेको महिला फुटवलको हिसाव माग गर्ने गरेको र संगठनका अध्यक्ष प्रकास चौहान र जनक पोख्रेलले हिसाव सार्वजनिक गर्न आलटाल गर्दै पन्छीने गरेका थिए ।

विद्यार्थी नेत्रि निता कुलुङ्ग राईको संयोजकमा केहि समय अघि अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा महिला फुटवल सम्पन्न भएको थियो । तर राष्ट्रीय खेलकुद परिसद, नगरपालिका, पाटिका नेता, स्थानिय ब्यापारी र क्याम्पसबाट आर्थिक सहयोग लिएको तर संगठनले हिसाव भने ६ महिना बितीसक्दा पनि देखाउन सकेको छैन ।

पत्रकारले बारम्बार हिसाव सार्वजनिक गर्न पहल गरेको भएर उनले सोहि मैकामा पत्रकारमामि यस्तो आलोचना लगाएको हुन सक्ने पथरीशनिश्चरेका संचारकर्मीहरुको अनुमान छ ।

दुई संगठन अनेरास्ववियु र अखिल क्रान्तीकारीले हिसाव सार्वजनीक नगर्नुले नगरको बजेट पचाउन महिला फुटवलको नाममा झारो टार्ने कार्य गरेको देखिन्छ । पथरीशनिश्चरेका अनेरास्ववियु र अखिल क्रान्तीकारीका नेतालाई सो बिषयमा सोध्दा २/४ दिनमा हिसाव सार्वजनीक गर्ने भने पनि ६ महिना बितिसकेको छ ।

इटहरीका मेयरले सिधाकुरा जनतासँगको कार्यक्रममा आफू कम्युनिष्ट भएको कारण आफु जे चाह्यो त्यही गर्न पाउनुपर्ने बताएका थिए । उनले अहिले स्वतन्त्र पत्रकार विराट अनुपमको नाक भाँच्न आफ्नै पाटीका एक नेताले १ करोड दिएको वताउदै आएको छन् । पत्रकारहरुले नेकपा निकट सरकारले गरेका कर्तुतहरु एकाएक बाहिर ल्याउन थालेपछि नेकपाका नेता र कार्यकर्ताहरु पत्रकारसंग रुष्ट बन्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...