News Portal

सांसद रसाइलीको तर्कसँगत कुरा सुनेर ओलीका मन्त्रीहरू छ्क्क परे

हिमाली संचार संवाददाता
४६८ पटक

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ ले प्रधानमन्त्री खड्गप्रसाद ओलीले दक्षिण कोरियाको धर्म प्रचारक विश्व विद्यालयसँग विद्यावारिधी लिएको विषयमा सदनलाई जानकारी दिनुपर्ने माग गरेका छन्। संसदको सोमबार बसेको बैठकमा शुन्य समयमा बोल्दै सांसद रसाइलीले प्रधानमन्त्री जस्तो व्यक्ति पटकपटक क्रिश्चियन धर्म प्रचारक संस्थासँग साँठगाँठ गरेको भन्दै आपत्ति जनाए।

‘गत वर्ष सरकारको संलग्नतामा १३ करोड लगानी लगाएर प्रधानमन्त्रीले वैदेशिक एउटा धर्मप्रचारक संस्थासँग कार्यक्रम गरेको कुरा जनताका बीचमा व्यापक आलोचना भयो’, उनले भने। ‘फेरि काङनाङमा विश्व विद्यालय दक्षिण कोरियाबाट प्रधानमन्त्रीलाई विद्यावारिधी प्रदान गरेको कुरा व्यापक चर्चा भएको छ।

‘उक्त संस्थाले नेपालमा आएर विश्व विद्यालयमार्फत विद्यार्थी नेपालमा आएर दुई चार दिन विश्व विद्यालयमा काम गरेर बाँकी समय धर्म प्रचार गरेको भनेर पुष्टि भइसकेपछि त्रिभुवन विश्व विद्यालयले सम्झौता भङ्ग गरेको थियो । फेरि के कति कारणले त्यही विश्व विद्यालयसँग सम्झौता भङ्ग गरियो ? उनले प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका छन् ।

‘प्रधानमन्त्रीलाई विद्यावारिधी धर्म प्रचारक संस्थाले दिनु तथा राज्यको धर्म हुँदैन भनेको के हो ? सरकारको आधिकारिक धारणा जान्न चाहेको हो । जानकारी पाउँ’, कांग्रेसका सांसद रसाइलीले भनेका छन् ।

नेपाली कांग्रेसका सांसद रसाइलीले प्रधानमन्त्री ओलीले क्रिश्चियन धर्म प्रचारक दक्षिण कोरियाको विश्वविद्यालयसँग विद्यावारिधि लिएको बारेमा बोल्दै गर्दा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन र कानूनमन्त्री भानुभक्त ढकालले विशेष ध्यान दिएर सुनेका थिए। नेपाली कांग्रेसका सांसदहरूले टेलुबमा हातले ढ्यापढ्याप पारी समर्थन जनाएका थिए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...