News Portal

९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा झापामा वृद्ध पक्राउ

८३३ पटक

झापामा बालिका बलात्कारका घटना बढेका छन् । अर्जुनधारामा १५ वर्षीय किशोरबाट ४ वर्षीय बालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै फेरि अर्को बलत्कारको घट्ना सार्वजनिक भएको हो ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार अर्जुनधारा–११, सालबारीका ७० वर्षीय वृद्ध मानबहादुर बानियाँ ९ वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा पक्राउ परेका हुन् ।

कार्यालयका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार दिउँसो करिब ३/४ बजेको घटना केही ढिला गरी प्रहरीमा जानकारी गरिए पनि साँझ ७ बजे वृद्धलाई पक्राउ गरिएको छ ।

स्थानीयका अनुसार पीडित बालिककी हजुरआमाले देखेपछि वृद्ध फरार भएका थिए । साँझ स्थानीयको सहयोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पीडित बालिका र पीडक वृद्धलाई स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल, भद्रपुर पठाइएको डिएसपी कोइरालाले बताए ।

उनका अनुसार पक्राउ परेका बानियाँमाथि स्वास्थ्य परीक्षणपछि जबरजस्तीकरणी अन्तरगत मुद्दा चलाउने तयारी गरिएको छ । थप अनुसन्धान भइरहेको अनलाइन खबरले जनाएको छ

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...