News Portal

९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा झापामा वृद्ध पक्राउ

८९१ पटक

झापामा बालिका बलात्कारका घटना बढेका छन् । अर्जुनधारामा १५ वर्षीय किशोरबाट ४ वर्षीय बालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै फेरि अर्को बलत्कारको घट्ना सार्वजनिक भएको हो ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार अर्जुनधारा–११, सालबारीका ७० वर्षीय वृद्ध मानबहादुर बानियाँ ९ वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा पक्राउ परेका हुन् ।

कार्यालयका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार दिउँसो करिब ३/४ बजेको घटना केही ढिला गरी प्रहरीमा जानकारी गरिए पनि साँझ ७ बजे वृद्धलाई पक्राउ गरिएको छ ।

स्थानीयका अनुसार पीडित बालिककी हजुरआमाले देखेपछि वृद्ध फरार भएका थिए । साँझ स्थानीयको सहयोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पीडित बालिका र पीडक वृद्धलाई स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल, भद्रपुर पठाइएको डिएसपी कोइरालाले बताए ।

उनका अनुसार पक्राउ परेका बानियाँमाथि स्वास्थ्य परीक्षणपछि जबरजस्तीकरणी अन्तरगत मुद्दा चलाउने तयारी गरिएको छ । थप अनुसन्धान भइरहेको अनलाइन खबरले जनाएको छ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...