News Portal

जानुका खतिवडाका पाँच मुक्तक !!!

हिमाली संचार संवाददाता
६७९ पटक

प्रदेशी छाेरीकाे साथ नपाई शाेकमा पर्छिन अामा
दिनभरकाे कामकै थकाईले भाेकमा पर्छिन् अामा
टेस्टुयुमै राखी जन्माए जस्तै गर्छन् छाेरा छाेरीहरूले
बेलैमा उपचार नगराई दिदा झाेकमा पर्छिन अामा।

श्रमकाे महत्व पसिना बगाउनेलाई मात्र थाहा हुन्छ
दुख कस्ट गरी पैसा समाउनेलाई मात्र थाहा हुन्छ
सपनामा खाेले खानेहरूलाई के थाहा हुन्छ याहाँ
कामै नगरी ति खान रमाउनेलाई मात्र थाहा हुन्छ।

अाशा राखे बाझाे खेतमा नि अन्न बाली फलाईन्छ
कुलाे खनी पानी ल्याई हाली माटाे पनि गलाईन्छ
असम्भब कुरा सम्भब बनाउन के छैन र ?गरे देखी
मल बनाउन फेहाेरलाई अागाेमा हाली जलाईन्छ।

थाहा छैन पराईलाई अाफ्नाे बनाउ कसरी
उनी मेरै हाे भन्दै अरू सामु जनाउ कसरी
कसरी सकिन्छ र पराईलाई अाफ्नाे भन्न
त्यसैले देबि देउता हैन क्यारे मनाउ कसरी।

लुट्नहरु लुटीरहेकाछन् खुलेआम शहरमा
कुट्नेहरू कुटिरहेकाछन् खुले अाम शहरमा
पुलिस लाचार भई बस्छन् सधै पर्खाल कुरी
भुट्नेहरू भुटिरहेकाछन् खुले अाम शहरमा।।

~ जानुका खतिवडा
हाल : कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...