
प्रदेशी छाेरीकाे साथ नपाई शाेकमा पर्छिन अामा
दिनभरकाे कामकै थकाईले भाेकमा पर्छिन् अामा
टेस्टुयुमै राखी जन्माए जस्तै गर्छन् छाेरा छाेरीहरूले
बेलैमा उपचार नगराई दिदा झाेकमा पर्छिन अामा।
श्रमकाे महत्व पसिना बगाउनेलाई मात्र थाहा हुन्छ
दुख कस्ट गरी पैसा समाउनेलाई मात्र थाहा हुन्छ
सपनामा खाेले खानेहरूलाई के थाहा हुन्छ याहाँ
कामै नगरी ति खान रमाउनेलाई मात्र थाहा हुन्छ।
अाशा राखे बाझाे खेतमा नि अन्न बाली फलाईन्छ
कुलाे खनी पानी ल्याई हाली माटाे पनि गलाईन्छ
असम्भब कुरा सम्भब बनाउन के छैन र ?गरे देखी
मल बनाउन फेहाेरलाई अागाेमा हाली जलाईन्छ।
थाहा छैन पराईलाई अाफ्नाे बनाउ कसरी
उनी मेरै हाे भन्दै अरू सामु जनाउ कसरी
कसरी सकिन्छ र पराईलाई अाफ्नाे भन्न
त्यसैले देबि देउता हैन क्यारे मनाउ कसरी।
लुट्नहरु लुटीरहेकाछन् खुलेआम शहरमा
कुट्नेहरू कुटिरहेकाछन् खुले अाम शहरमा
पुलिस लाचार भई बस्छन् सधै पर्खाल कुरी
भुट्नेहरू भुटिरहेकाछन् खुले अाम शहरमा।।
~ जानुका खतिवडा
हाल : कुवेत।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
