News Portal

रोल्पाको एक विद्यालयका शिक्षिकाको कुटाईबाट १४ जना विद्यार्थी घाइते

हिमाली संचार संवाददाता
४२५ पटक

नरेन्द्र केसी
दाङ, २० जेठ : रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन्। दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् ।

कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन्। उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ। घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा गम्भीर चोट लागेको छ। उनीहरुको हातको आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको छ ।

उनीहरुको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संकलगन चिकित्सक डा. घनश्याम शर्माले जानकारी दिनुभयो। घाइतेहरुको अनुहार पनि सुन्निएको छ। जोर्नीमा दबाब देखिएकाले सुधार आउन केही दिन लाग्ने डा.शर्माले बताउनुभयो।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए। आफूहरु लाइन लाग्दै गरेको बेला शिक्षिक पुनले अन्धाधुन्ध लट्ठी चलाउन शुरु गरेको बालिका भीमकुमारी बाँठाले बताउनुभयो।

‘हामी लाइन लाग्दै थियौं, मिसले किन ढिलो आयौ भनेर हामीमाथि अन्धाधुन्ध लट्ठी प्रहार गर्नुभयो। विद्यार्थी रोइकराइ गर्न थालेपछि हेर्न नसकेर अरु सर मिसहरु अफिसतर्फ दौडिनुभयो।

शिक्षिकाको कुटाइबाट सामान्य घाइते हुनेहरु प्रेम पुन, सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली रहेका छन् । शिक्षिकाको कुटाईबाट कक्षा ३ मा पढ्ने नरबहादुको कानको जाली फुटेर सुन्न छोडेको विद्यार्थीहरुले बताएका छन् ।

घटना गएको बैशाख १२ गते भए पनि वडा नम्बर ८ का अध्यक्ष भीमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाइले जानकारी दिनुभयो।

विद्यार्थीको अवस्था गम्भीर बन्न थालेपछि झण्डै एक सातापछि दाङ उपचारमा ल्याइएको छ । दुखाईका कारण रातदिन सताउने र लेख्नपढ्न समेत नसकेपछि उपचारका लागि ल्याएको अभिभावक प्रताप घर्तीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...