News Portal

अनेरास्ववियु नेता वसिम आलममाथी लागेको आक्षेप अझै सेलाएन, एक पछि अर्को कुरा बाहिर

हिमाली संचार संवाददाता
४७२ पटक

विराटनगर, १९ जेष्ठ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको स्वकीय सचिव तथा अनेरास्ववियु केन्द्रीय सचिव रहेका वसिम आलमको पद खुस्किनुका कारणहरु विस्तारै बाहिर आउन थालेका छन् । मन्त्रीको नाउँमा धन्दा चलाएको भन्ने आलोचना खेपेका उनको बास्तविकाता प्रमाणीत हुन थालेको छ।

आलमले लामो समयदेखि पण्डितलाई साथ दिंदै आएका थिए । पहिलो पटक मन्त्री हुँदा पनि उनै आलम पण्डितका स्वकीय सचिव थिए । तर पहिलो कार्यकालका बारेमा आलमका विवादास्पद कुरा बाहिर आएनन् । दोस्रो पटक भने आलम विवादनै विवादमा फसे । आलम स्वकीय सचिववाट हटेको महिनौ वित्दा पनि उनीमाथी लागेका आक्षेप झन बढ्दोक्रममा चर्चाका विषय बन्ने गरेका छन् ।

सामान्य परिवारका आलमको पछिल्लो हाइफाइ जनमानसमा चर्चाको विषय बन्ने गरेको छ । स्वकिय सचिव बन्नु अगावै उनको आर्थीक हैसियत र अहिले आकाश जमिनको फरक छ । उनी अहिले परिवारिक रुपमै पूर्ण सवल देखिन्छन् । उनका भाइ साजित आलमको न जागिर छ नत कुनै विजनेस । तर उनको नीजि कार छ र दिनहौ महगो होटलमा समय विताउछन् । आलमलाई नजिकबाट बुझ्नेहरु भन्छन्, कसरी यस्तो हाइफाइ जीवन विताउन सकिन्छ ?

आलमले मन्त्री पंडित संग रहदै सरुवादेखि अनेक काममा सौदाबाजी गर्ने र शुभलाभ हात पार्ने काम गरेर अथाह सम्पती आर्जन गरेका छन् । उनको विराटनगरमा सुविधा सम्पन्न २ तल्ले घर रहेको छ भने ,काठमान्डौमा समेत १ घर रहेको छ । मोरङको रंगेली, शुन्दरहरैचा र विभिन्न स्थानमा जग्गा कारोवार गरेका छन् । करौडौको सम्पतीको कारोवारमा संम्लग्न वसिम आलमको सम्पती कसरी यतिविन भयो र कसरी सुविधासम्पन्न जीवन विताइरहेका छन् भन्ने कुरा नेकपा कार्यकर्ताजनहरुले कुरा गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...