News Portal

अनेरास्ववियु नेता वसिम आलममाथी लागेको आक्षेप अझै सेलाएन, एक पछि अर्को कुरा बाहिर

हिमाली संचार संवाददाता
४३३ पटक

विराटनगर, १९ जेष्ठ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको स्वकीय सचिव तथा अनेरास्ववियु केन्द्रीय सचिव रहेका वसिम आलमको पद खुस्किनुका कारणहरु विस्तारै बाहिर आउन थालेका छन् । मन्त्रीको नाउँमा धन्दा चलाएको भन्ने आलोचना खेपेका उनको बास्तविकाता प्रमाणीत हुन थालेको छ।

आलमले लामो समयदेखि पण्डितलाई साथ दिंदै आएका थिए । पहिलो पटक मन्त्री हुँदा पनि उनै आलम पण्डितका स्वकीय सचिव थिए । तर पहिलो कार्यकालका बारेमा आलमका विवादास्पद कुरा बाहिर आएनन् । दोस्रो पटक भने आलम विवादनै विवादमा फसे । आलम स्वकीय सचिववाट हटेको महिनौ वित्दा पनि उनीमाथी लागेका आक्षेप झन बढ्दोक्रममा चर्चाका विषय बन्ने गरेका छन् ।

सामान्य परिवारका आलमको पछिल्लो हाइफाइ जनमानसमा चर्चाको विषय बन्ने गरेको छ । स्वकिय सचिव बन्नु अगावै उनको आर्थीक हैसियत र अहिले आकाश जमिनको फरक छ । उनी अहिले परिवारिक रुपमै पूर्ण सवल देखिन्छन् । उनका भाइ साजित आलमको न जागिर छ नत कुनै विजनेस । तर उनको नीजि कार छ र दिनहौ महगो होटलमा समय विताउछन् । आलमलाई नजिकबाट बुझ्नेहरु भन्छन्, कसरी यस्तो हाइफाइ जीवन विताउन सकिन्छ ?

आलमले मन्त्री पंडित संग रहदै सरुवादेखि अनेक काममा सौदाबाजी गर्ने र शुभलाभ हात पार्ने काम गरेर अथाह सम्पती आर्जन गरेका छन् । उनको विराटनगरमा सुविधा सम्पन्न २ तल्ले घर रहेको छ भने ,काठमान्डौमा समेत १ घर रहेको छ । मोरङको रंगेली, शुन्दरहरैचा र विभिन्न स्थानमा जग्गा कारोवार गरेका छन् । करौडौको सम्पतीको कारोवारमा संम्लग्न वसिम आलमको सम्पती कसरी यतिविन भयो र कसरी सुविधासम्पन्न जीवन विताइरहेका छन् भन्ने कुरा नेकपा कार्यकर्ताजनहरुले कुरा गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...