News Portal

सिम्तामा नमुना युवा संसद तथा नेतृत्व विकास तालिम सम्पन्न

हिमाली संचार संवाददाता
३४१ पटक

दुर्गा वि.सी.
सुर्खेतको सिम्ता गाउँपालिकामा ३ दिने नमुना युवा संसद तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । सिम्ता गाउँपालिकाको आयोजनामा युवा परिषद सुर्खेतको समन्वय र शुसासन प्रबन्धनका लागि युवा सिम्ता सुर्खेतको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो।

सुर्खेत सिम्ता क्षेत्रका युवा युवतीहरुलाई क्षमता विकास, नेतृत्व विकास र शुसान प्रवद्र्धनका लागि ३ दिनसम्म प्रशिक्षीत गरिएको थियो । साथै युवा युवतीहरुलाई समुदायमा हुने विकृति विसँगीका विषयमा समेत सचेतीकरण गराएको छ। सामाजिक विकृती लगाएतका कुराहरुमा युवाहरुले डटेर समाना गर्न र सकारात्मक कुरा सिकाउन तालिम फलदायी भएको जनाएको छ ।

३ दिन सम्म चलेको तालिमको सहजीकरण सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार के.सी., प्रमुख प्रशासकिय अधिकृत जनक वहादुर हमाल, युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार वस्नेत, गैसस महाँस सुर्खेतका अध्यक्ष घनश्याम के.सी, ललित भट्टराई, नेत्र महतरा र युवराज पुङ्गालिले गरेका थिए। नमुना युवा संसदको अभ्यास र नेतृत्वको विषमा तालिम केन्द्रीत रहेको थियो।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...