News Portal

सेनाले संचालन गरेको घुम्ती स्वास्थ्य शिविरद्वारा ६६० बिरामीले स्वास्थ परिक्षण गरे

हिमाली संचार संवाददाता
५६६ पटक

रबिन्द्र बराल
मोरङ, १९ जेठ : नेपाली सेना श्री सुर्यदल गण थलाहा ब्यारेकद्धारा एकीकृत स्वास्थ्य तथा घुम्ती सेवा शिविर संचालन गरेको छ। शनिबार मोरङकाे मिक्लाजुङ गाउपालीकाकाे वडा नम्बर ३ स्थित धोवेनी कालिका माध्यमिक बिधालयकाे प्रागणमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। सैनिक नागरीक सम्वन्धलाई थप प्रगाढ बनाउने उदेश्यले यस्तो कार्ययक्रम गरिएको हाेे।

पशु र कृषि सेवालाई स्थानीय स्तरसम्म पुर्‍याउने उद्धेश्यले श्री सूर्यदल गण थलाहा ब्यारेकको आयोजनामा स्वास्थ्य शिविरको अायाेजना गरिएको गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडेलको समवन्य तथा मिक्लाजुङ गाउपालिका, कृषि ज्ञान सेवा केन्द्र सुनसरी मोरङ, भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बिराटनगर, नम्बर २ फि.ए. गुल्म, गोल्डेन हस्पिटल, जीवन बिकास पव्लिक हेल्थ केयर सेन्टर, लायन्स क्लब बिराटनगर, कोशी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी, सहयाेगमा एकीकृत स्वास्थ्य तथा घुम्ती सेवा शिविर संचालन गरिएको हाे।

उक्त स्वास्थ्य शिविरमा जनरल ओ.पि.डि.तर्फ ३ सय १३ जना, स्त्री रोग तर्फ २ सय ७२ जना, दांत परिक्षण ४८ जना, ई सि जि सेवातर्फ २३ जना, हाडजोर्नी तथा नशा सेवातर्फ ५५ जना, न्युरो सेवा तर्फ ३१ जना, मृगौलातर्फ ११ जना, छाला तथा चर्मरोगतर्फ २६ जना र बाल बालिकातर्फ ७५ जना गरी कुल ६६० जना बिरामीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गराएका छन।

साथै औषधी बितरण गर्नुका साथै सहभागी मध्ये ५३ जनाको निशुल्क सुगर ल्याव टेष्ट परिक्षण समेत गरिएका छन। बिऊ बिजन औषधी समेत बितरण गरेका थिए । उक्त सेवामा २ सय ८१ जना कृषकलाई बिभिन्न कृषि, भेटनरी सेवा, पशु बन्ध्याकरण सेवा, पशु उपचार, पशु परामर्श, गोवर परिक्षण, शल्यक्रिया, गर्भधान परिक्षण, पशु कृत्रिम गर्भधान सेवा ७ गोटा, औषधी बितरण तथा अन्य सेवा, ४ हजार गोटा पशुपछीहरुको परिक्षण जना १ सय ८२ जना कृषकहरुलाई कृषि परामर्श, बाली उपचार, माटो परिक्षण, औषधी बितरण गर्नुकाे साथै १ सय ४५ जना कृषकहरुलाई कृषि विउ बिजन बितरण भएको थियो। सुर्यदल गण थलाहाका सह सेनानी राजु थापाले बताए ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...