News Portal

सरकारले ल्याएको बजेटप्रति सत्तारढकै नेताको असन्तुष्टि किन ?

हिमाली संचार संवाददाता
४९० पटक

काठमाडौं – सरकारले ल्याएको बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताले असन्तुष्टी जनाएका छन् ।

सत्तारुढ दलका नेता हरिबोल गजुरेलले शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले विगतको भन्दा राम्रो बजेट आएपनि किसानलाई उत्साहित गर्ने गरि कृषि क्षेत्रमा योजना र बजेट आउन नसकेको तथा शहीद परिवारको सम्बोधन नभएकोमा असन्तुष्टी जनाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता नारायण खड्काले युवा परिचालन, कर्मचारीको तलब वृद्धि लगायत सामाजिक सुरक्षाको दायित्वलाई बहन गर्न सक्ने गरि राजश्वका आधारहरु श्रृजना हुन नसकेको टिप्पणी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक डाक्टर प्रकाशचन्द्र लोहनीले बजेटले सन्तुलन गुमाएको बताए । आर्थिक संकटलाई नियन्त्रण गर्ने सरकारको राजनीतिक प्रतिवद्धता, हिम्मत, नैतिकता र क्षमता बजेटमा नदेखिएको टिप्पणी उनले गरे ।

उनले बजेटमा सामाजिक सुरक्षा र सांसद विकास कोष लगायत प्रचारमुखी कार्यक्रमको दायित्व वहन गर्ने राजश्वको क्षमता वृद्धिको आधार कमजोर रहेको बताए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...