News Portal

सरकारले ल्याएको बजेटप्रति सत्तारढकै नेताको असन्तुष्टि किन ?

हिमाली संचार संवाददाता
४२९ पटक

काठमाडौं – सरकारले ल्याएको बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताले असन्तुष्टी जनाएका छन् ।

सत्तारुढ दलका नेता हरिबोल गजुरेलले शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले विगतको भन्दा राम्रो बजेट आएपनि किसानलाई उत्साहित गर्ने गरि कृषि क्षेत्रमा योजना र बजेट आउन नसकेको तथा शहीद परिवारको सम्बोधन नभएकोमा असन्तुष्टी जनाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता नारायण खड्काले युवा परिचालन, कर्मचारीको तलब वृद्धि लगायत सामाजिक सुरक्षाको दायित्वलाई बहन गर्न सक्ने गरि राजश्वका आधारहरु श्रृजना हुन नसकेको टिप्पणी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक डाक्टर प्रकाशचन्द्र लोहनीले बजेटले सन्तुलन गुमाएको बताए । आर्थिक संकटलाई नियन्त्रण गर्ने सरकारको राजनीतिक प्रतिवद्धता, हिम्मत, नैतिकता र क्षमता बजेटमा नदेखिएको टिप्पणी उनले गरे ।

उनले बजेटमा सामाजिक सुरक्षा र सांसद विकास कोष लगायत प्रचारमुखी कार्यक्रमको दायित्व वहन गर्ने राजश्वको क्षमता वृद्धिको आधार कमजोर रहेको बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...