News Portal

बनगाड कुपिण्डेले जेष्ठ नागरिकको लागि योजना वनाई अघि वढ्ने

हिमाली संचार संवाददाता
३५० पटक

दुर्गा वि.सी.
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले जेष्ठ नागरिकहरुसँग शुक्रबार अन्र्तक्रियामुखि कार्यक्रम गरेको छ। आफ्नो नगरमा रहेका जेष्ठ नागरिकहरु विभिन्न खाले घरायसी समस्या हुने गरेकाले जेष्ठ नागरिकको हेरचाहा र बाबुआमा प्रति छोराछोरीले दाईत्व वोध नगर्ने भएकाले यस प्रति सजग रहन अनुरोध गरिएको छ ।

जेष्ठ नागरिकको हेरचाहा र उनिहरुलाई के गर्न सकिन्छ । कस्ता खाले समस्या छन् भनेर आज जेष्ठ नागरिक,जनप्रतिनीधी सरोकारवाला निकाय विच छलफल कार्यक्रम समेत गरिएको छ । कार्यक्रम उपस्थित अधिकांस जेष्ठ नागरिकहरुले जस्ले नी वृद्ध भई सकेपछि हेलाँको पात्र हुने गरेको दुखेसो पोखेका थिए । जेष्ठ नागरिकले छोराछोरीले आफ्ना आमावुवा प्रत दाहित्ववोध नगराएको गुनासो गरेका थिए।

नगरमा जेष्ठ नागरिकहरुका मुख्य समस्या के छन् र तीनीहरुको समाधान कसरि गर्न सकिन्छ भनेर आज बनगाड कुपिण्डे नगरपालिकाले वृहत छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुनले आउँदो आर्थिक वर्षमा जेष्ठ नागरिकका लागि वडा र नगर स्तरिय कार्यक्रम तर्जुमा गर्ने जनाउनु भएको छ ।

जेष्ठ नागरिकको प्रकृति हेरर खानपान, स्वास्थ्य र आवास जस्ता कुरामा आगमी वजेटबाट सम्बोधन गर्ने उहाँको भनाई छ । निती निर्माण गरेर जेष्ठ नागरिकका समस्या समाधान प्रति आफु लाग्ने नगर प्रमुखको भनाई रहेको छ ।

जेष्ठ नागरिक सम्बन्धी सरोकारवाला विच भएको अन्र्तक्रियामा जेष्ठ नागरिकहरु, नगर उपप्रमुख मञ्जु यरी, प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्री, १२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो । जेष्ठ नागरिकको स्याहार सुसारमा प्रमुख कतव्र्य छोछोरिको भएको औल्याएको थियो । आफ्नो वडा टोल, छरछिमेक र घरमा जेष्ठ नागरिको स्याहारमा सवैले सकारात्मक सोच ल्याउन जरुरी रहेको वताएको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...