News Portal

पल शाहलाई आँचलको फकाउने दाउ !

हिमाली संचार संवाददाता
५१० पटक

शुक्रबार, १७ जेठ : आँचल शर्मा आज जहाँ छिन्, त्यसको सबैभन्दा ठूलो श्रेय पल शाहलाई जान्छ। यसको मतलव आँचल शर्मा केही होइनन् भन्ने कदापि होइन। जे थिइन्, त्यसलाई तिखार्न पलको ठूलो हात छ। आँचलले यो राम्ररी बुझेकी छिन्।

त्यसैले घुमाइफिराई फिल्म गर्ने कुरा गर्‍यो कि पलको नाम घुसाइहाल्छिन्। जस्तो, हालै एउटा पत्रिकाले उनलाई ‘कस्तो फिल्ममा काम गर्न मन छ?’ भनेर सोधेको थियो।

जवाफमा उनले महिला चरित्र प्रधान भन्ने त छुटाइनन् नै, सँगै आफूलाई एक्सन फिल्म खेल्न मन लागेको र त्यसमा पनि पल शाहको जोडी भएर खेल्ने चाहना भएको बताइन्। न पल शाह एक्सन स्टार, न त्यो विधामा पोख्त नै।

कमसे कम नामै लिए पनि अनमोल केसीको लिएको भए हुने, फ्लपै सही, कम्तीमा ‘कृ’मा एक्सन त गरेका थिए। बजारमा पल र आँचलको ब्रेकअप भएको हल्ला छ। ठाउँ कुठाउँ उनको नाम लिएको देख्दा लाग्छ, आँचलले अझै पललाई फकाउने सुर छाडेकी छैनन्। – सम्पूर्णबाट

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...