News Portal

पल शाहलाई आँचलको फकाउने दाउ !

हिमाली संचार संवाददाता
५५४ पटक

शुक्रबार, १७ जेठ : आँचल शर्मा आज जहाँ छिन्, त्यसको सबैभन्दा ठूलो श्रेय पल शाहलाई जान्छ। यसको मतलव आँचल शर्मा केही होइनन् भन्ने कदापि होइन। जे थिइन्, त्यसलाई तिखार्न पलको ठूलो हात छ। आँचलले यो राम्ररी बुझेकी छिन्।

त्यसैले घुमाइफिराई फिल्म गर्ने कुरा गर्‍यो कि पलको नाम घुसाइहाल्छिन्। जस्तो, हालै एउटा पत्रिकाले उनलाई ‘कस्तो फिल्ममा काम गर्न मन छ?’ भनेर सोधेको थियो।

जवाफमा उनले महिला चरित्र प्रधान भन्ने त छुटाइनन् नै, सँगै आफूलाई एक्सन फिल्म खेल्न मन लागेको र त्यसमा पनि पल शाहको जोडी भएर खेल्ने चाहना भएको बताइन्। न पल शाह एक्सन स्टार, न त्यो विधामा पोख्त नै।

कमसे कम नामै लिए पनि अनमोल केसीको लिएको भए हुने, फ्लपै सही, कम्तीमा ‘कृ’मा एक्सन त गरेका थिए। बजारमा पल र आँचलको ब्रेकअप भएको हल्ला छ। ठाउँ कुठाउँ उनको नाम लिएको देख्दा लाग्छ, आँचलले अझै पललाई फकाउने सुर छाडेकी छैनन्। – सम्पूर्णबाट

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...