News Portal

वाजुरामा १३३ जना नेकपा छोडेर कांग्रेसमा प्रवेश, वरिष्ठ नेता पौडेलले गरे स्वागत

हिमाली संचार संवाददाता
५२९ पटक

मार्तडी, १७ जेट : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाजुरा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेका नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा भित्र्याएका छन्। बाजुरा जिल्लाको मार्तडीमा बिहीबार आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपाका १३३ जना स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसमा प्रवेश गर्नेहरूलाई वरिष्ठ नेता पौडेलले टीका र पार्टी सदस्यता प्रदान गरेका थिए। निर्वाचनका बेला बोलेको कुराहरू नेकपाका जनप्रतिनिधिहरूले अहिले आएर भुलेको भन्दै उनीहरूले कम्युनिस्टहरू को झुठा आश्वासमा परेर दुःख पाएको बताए। उनीहरूले अबका दिनमा नेपाली कांग्रेसमा रहेर इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरू भनेका सधै झुठको खेती गर्नेहरूको झुण्ड रहेको बताए। कम्युनिस्टहरूले जनतालाई ढाँट्न माहिर हुन्छन्, उनले भने, ‘कांग्रेसले जे बोल्छ त्यो गर्छ। कम्युनिस्टहरूले जस्तो झुठ बोल्दैन ।

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले बुधबार ल्याएको बजेट जनतालाई झुक्काउने वितरणमुखी रहेको बताए। यो बजेटले जनतालाई राहत दिँदैन । जनताको पक्षमा कुनै पनि कुरा छैन । कृषिका नाममा फेरि पनि जनतालाई ढाँट्ने काम हुँदै छ’, उनले भने, ‘कांग्रेससँग सोधेको भए बरु हामीले राम्रो सल्लाह र सुझाव दिन थियौँ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...