News Portal

    वाजुरामा १३३ जना नेकपा छोडेर कांग्रेसमा प्रवेश, वरिष्ठ नेता पौडेलले गरे स्वागत

    हिमाली संचार संवाददाता
    ४२१ पटक

    मार्तडी, १७ जेट : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाजुरा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेका नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा भित्र्याएका छन्। बाजुरा जिल्लाको मार्तडीमा बिहीबार आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपाका १३३ जना स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

    कांग्रेसमा प्रवेश गर्नेहरूलाई वरिष्ठ नेता पौडेलले टीका र पार्टी सदस्यता प्रदान गरेका थिए। निर्वाचनका बेला बोलेको कुराहरू नेकपाका जनप्रतिनिधिहरूले अहिले आएर भुलेको भन्दै उनीहरूले कम्युनिस्टहरू को झुठा आश्वासमा परेर दुःख पाएको बताए। उनीहरूले अबका दिनमा नेपाली कांग्रेसमा रहेर इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

    कांग्रेसका वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरू भनेका सधै झुठको खेती गर्नेहरूको झुण्ड रहेको बताए। कम्युनिस्टहरूले जनतालाई ढाँट्न माहिर हुन्छन्, उनले भने, ‘कांग्रेसले जे बोल्छ त्यो गर्छ। कम्युनिस्टहरूले जस्तो झुठ बोल्दैन ।

    खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले बुधबार ल्याएको बजेट जनतालाई झुक्काउने वितरणमुखी रहेको बताए। यो बजेटले जनतालाई राहत दिँदैन । जनताको पक्षमा कुनै पनि कुरा छैन । कृषिका नाममा फेरि पनि जनतालाई ढाँट्ने काम हुँदै छ’, उनले भने, ‘कांग्रेससँग सोधेको भए बरु हामीले राम्रो सल्लाह र सुझाव दिन थियौँ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    काठमाडौंमा रिबर्मा खोलाको पानी वितरण सुरु, मेलम्ची आयोजनाको पुनरागमन

    काठमाडौं, असार ४ – राजधानीवासीका लागि खानेपानी आपूर्तिमा राहत दिने उद्देश्यले मेलम्ची आयोजनाबाट रिबर्मा खोलाको...

    नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस...

    त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ।...

    एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

    अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ...

    कर्मचारी कुलिङ पिरियड प्रावधानबारे प्रधानमन्त्री सक्रिय, बालुवाटारमा छलफल तीव्र

    काठमाडौं, असार ४ – संघीय निजामती कर्मचारीको सेवा तथा सुविधा सम्बन्धी विधेयकमा समावेश गरिएको २...