News Portal

चोरी भएका मोबाइलको IMEI नम्बरको आधारमा चाेर पक्राउ गर्न सफल रंगेली प्रहरी

हिमाली संचार संवाददाता
५३५ पटक

रबिन्द्र बराल
जेठ १५ बुधबार : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा चैत्र २४ गते अाईतबार राति राेशन माेवाईल रिपेरिङ एन्ड माेवाइल सेन्टरमा चाेरी भएको थियोे। प्रहरीले ब्यापकरुपमा चाेरकाे खाेजि कार्य गरे पछि १ महिना पछि सफलता हात पारेको छ।

कमलेश कुमार साहकाे पसलबाट चाेरहरुले ४ लाख बराबरको समान चाेरी भएको थियोे। प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान कार्य शुरु गरेेपछि चाेरहरुलाई पक्राउ गर्ने सफल भएको छ। प्रहरीले मोवाईलहरुको IMEI नम्बरहरुको आधारमा खोज तलास गर्ने क्रममा उक्त मोवाइल सहित चाेर पक्राउ गर्ने सफल भएको प्रहरीले जनाएको छ।

चाेरीमा सङ्गलन रहेका सुनवर्षी नगरपालिका वडा नम्वर ५ वस्ने वर्ष १९ का रोशन कुमार मण्डल र साेहि स्थान वस्ने वर्ष १९ का करण कुमार मण्डलकाे साथबाट प्रहरीले लाभा कम्पनीको मोवाईल(स्कृन टच) माेवाईल ५ थान, सामसुङ(स्कृन टच) माेवाईल ३ थान, एम आई (स्कृन टच) २ थान, इन्टेक्स (स्कृन टच) १ थान, टेक्नो (स्कृन टच)१ थान, नोकिया साधा सेट १ थान, र विभिन्न कम्पनिका साधारण हाते घडीहरु १० थान, मोवाईल चार्जर ७ थान, विभिन्न कम्पनीको मोबाईलकाे ब्याट्रीहरु १० थान, १० वटा मोवाईल एयरफोन बरामद गरेको छ ।

उनीहरुलाई चाेरी अभियाेगमा मुद्दा दर्ता गरिने र एक बर्ष देेेेखी तीन बर्ष सम्म कैद तथा ३० हजार देेखि ५० हजार रुुपैयाँ सम्म सजाय हुने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...