आज : २०२६-०६-१४, आइतबार

कृष्ण रेउले, शक्ति चन्द र शान्ताको आवाजको झ्याउरे गीत “साइली” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, १५ जेठ : कृष्ण फिल्मसको प्रस्तुतिमा “साइली” बोलको झ्याउरे गीत हालै मात्र बजारमा आएको छ। उक्त गीतमा चर्चित गायकहरु कृष्ण रेउले, शक्ति चन्द र गायिका शान्ता बस्नेतको आवाज रहेको छ। रेउले र चन्दले नै गीतको शब्द कोरेका हुन।

सो गीतमा शंकर बिसिको निर्देशनमा रेउले, चन्द र बस्नेतकै नृत्य तथा अभिनय रहेको छ। दुर्गा पौडेलको छयाङ्कन र नवीन घर्ती मगरको सम्पादनमा गायक रेउलेकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

यो पनि हेर्नुहोस।

चर्चित गायक शक्ति चन्द र टीका सानूको आवाजमा “झिल्के माया” बजारमा (भिडियो सहित)