News Portal

कानेपाेखरी रंगेली सडक कालोपत्रे सुरु, गेउरीया पुलअझै अलपत्र !

हिमाली संचार संवाददाता
५४८ पटक

रबिन्द्र बराल
जेठ,१५ बुधबार : माेरङकाे कानेपाेखरी रंगेली सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका २ स्थित गाेउरीया पुल अझै अलपत्र अबस्थामा रहेको छ। २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १ कराेड १८ लाख रुपैयाँ ठेक्का लिएता पनि हालसम्म उक्त पुलकाे ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडे र भागे पछि स्थानीय निरास भएका छन ।

वडा नम्बर २ का वडाध्यक्ष सुशील वुढाथाेकीले भने अाफुहरुले समेत उक्त पुलकाे काम ढिलाई भएको जानकारी सडक बिभागमा, प्रदेश सरकार र केन्द्र सरकारलाई बारम्बार जानकारी गरि सकेता पनि अहिलेसम्म कसैले पनि चासाे नदेखिएको उनलेे बताए।

लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले रंगेली कानेपाेखरीकाे सडक कालोपत्रे गर्नेकाम सुरु गरी सकेेेता पनि गेउरीया पुल नबन्दा सडक कालोपत्रे भएको कुनै अर्थ नरहने स्थानीय हरु बताउँछन्। रंगेली नगरपालिका–९,र्फासाडाँगी चोकबाट उत्तर कानेपोखरी चोक जोड्नलाई ठेकेदार कम्पनीले सडक कालोपत्रे गर्न सुरु गरेको हो ।

ठेकेदार कम्पनीले पहिलो पटक र्फासाडाँगी चोकबाट उत्तर कानेपोखरी चोकसम्म १५.४४ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको छ। ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने भएको हाे। पिच गरिएको दायाँबायाँ २ मिटर ग्राभेल लगाई सकेको छ। पहिलो पटक १५.४४ किलोमिटर कालोपत्रे जेठ मसान्त भित्र सक्ने योजना रहेको लामा डाँफे द कन्चनजंधा कन्ट्रसनका प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए।

उनलेे भने वर्षा याम सुरु भएमा पछि फर्सडागि देखि रंगेली सम्मकाे सडक पछि कालोपत्रे गरिने समेत बताए । अनुसार २०७४ असार ६ गते कामको जिम्मा पाएको लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता काम भने पूरा गर्न नसकिने भएको देखिन्छ।

कानेपोखरी–रंगेली सडक हुलाकी राजमार्ग र महेन्द्र राजमार्ग जोड्ने भित्री सडक हो । २५.४ किलोमिटर लम्बाईको योजनामा कूल रु ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माणको लागी ठेक्का लागेको थियो।

सरकारले कानेपोखरी–रंगेली सडकखण्डका उपभोक्ताको जग्गा अधिग्रहण गरेबापत ५ करोड ६ लाख ५६ हजार १६ मुआब्जा वितरण गरेको थियो। अहिले गेउरीया पुल निर्माण नहुदाँ ड्राइभेसनबाट ठुलाे गाडीमा संन्चालन गर्न स्थानीय बाध्य रहेका छन ।

प्रतिकृया दिनुहोस्

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...