News Portal

डाक्टर बन्ने लक्ष्य बोकेका प्रज्वलले बम बिस्पोटनमा ज्यान गुमाए

हिमाली संचार संवाददाता
४९७ पटक

काठमाडौँ, १४ जेठ : आइतबार साँझ ५ बजेतिर सत्य थापा काठमाडौं मलको क्याफेमा कफी पिइरहेका थिए। मोबाइलमा नेत्रविक्रम चन्दनिकट एक व्यक्तिको फोन आयो, ‘प्रज्वल पनि बम विस्फोटमा पर्‍यो जस्तो छ। घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ रे। उसलाई ओम अस्पतालमा लगिएको छ रे, गएर स्थिति बुझिदिनुपर्‍यो। यति भनेर फोन काटियो। लगत्तै सत्यले प्रज्वलको मोबाइलमा फोन गरे । बारम्बार गर्दा पनि फोन नउठेपछि उनी ओम अस्पतालतर्फ दौडिए ।

ओम अस्पतालदेखि वीर ट्रमा सबैतिर गएँ, कतै भेटिनँ उसलाई । टिचिङमा एउटा क्षतविक्षत शव ल्याएको भन्ने सुनियो, फेरि उतै दौडिएँ,’उनले सुनाए। त्यो क्षतविक्षत शव प्रज्वलको हो भनेर निश्चित हुन उनले सोमबार बिहानसम्म कुर्नु पर्‍यो। नाकदेखि माथिको भाग नभएको, हातखुट्टा नभएको र घाँटी छिनिन लागेजस्तो अवस्थामा उनले प्रज्वललाई भेटाएका थिए । उनले भने, ‘उसको गोरो अनुहार, जीउडाल रकपडा देखेरै चिनें । अरू हेर्न सकिनँ।

प्रज्वल शाही उनै हुन् जसले आइतबार साँझको बम विस्फोटमा ज्यान गुमाए र सत्य उनका सबैभन्दा नजिकका मित्र हुन् । उनका अनुसार प्रज्वल ५ वर्ष अघिदेखि नेक्रवित्रम चन्द समूहसँग नजिक भएर राजनीति गर्थे । उनको फेसबुक वालमा पोस्टिएका फोटो र स्टाटसबाट पनि यो प्रस्टै हुन्छ ।

बझाङको जयपृथ्वी नगरपालिका १ का २६ वर्षीय उनी अध्ययनका लागि राजधानी छिरेदेखि नै राजनीतिमा लागेका थिए । डाक्टर बन्ने उद्देश्य लिएर राजधानी छिरेका उनले भर्खरै ओम समाज कलेज अफ हेल्थ साइन्सबाट एचए सकेका थिए। साथमा भाइबहिनी पनि सँगै राखेर उनी कलंकीमा डेरामा बस्दै आएका थिए । प्रज्वल र सत्य प्रायः सँगै बस्थे, सँगै खान्थे र दुःखसुख बाँड्थे ।

साथी सम्झँदै सत्य भन्छन्, ‘एकपटक उसको नजिक आएको मान्छे सधैं उसकै वरिपरि हुन्थे । साह्रै मिजासिलो थियो। परिवर्तन युवाबाटै सम्भव छ भन्दै कुनै रोजगारी नगरी उनी ‘फुल टाइम’ राजनीतिमा होमिएका थिए । यसैबीचमा उनी धेरैपटक प्रहरीको हिरासतमा पनि परेका थिए । एकपटक त २४ दिन जेल बसेका थिए ।

सत्यलाई भने साथीले राजनीतिभन्दा पनि पढेर स्वास्थ्य पेसामै भविष्य बनाए हुन्थ्यो जस्तो लाग्थ्यो । उनले भने, ‘कतिपटक मैले सम्झाएको पनि थिएँ । यस्तै कुराले पछिल्लो समय हाम्रो भेटघाट अलि पातलिएको थियो। बम विस्फोट घटनाको दुई दिनअघि उनीहरू सँगै बसेका थिए । शनिबार दिउँसोसम्म पनि सँगै थिए । ‘पार्टीको काम छ’ भनेर निस्केका उनीहरूबीच त्यही अन्तिम भेट भयो।

प्रज्वलको मृत्युको खबर सुनेपछि गाउँमा उनकी आमा, हजुरआमा र बुबा बेहोस भएको एक आफन्तले बताए । उनले भने, ‘भाइ राजनीतिमा लागेको छ भनेर गाइँगुइँ मात्रै सुनिएको थियो । राजनीतिक यात्राले उसलाई यहाँसम्म पुर्‍याउला भनेर हामीले सोचेका पनि थिएनौं ।

सोमबार साँझ महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागले प्रज्वलको पोस्टमार्टम गरिदिएर शव फिर्ता दिएको छ । सोमबार साँझै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कारसमेत गरिएको छ । ‘केही नचिनिने अनुहार घर लगेर बेकार आमाबुबालाई किन थप रुवाउने भनेर यहीँ अन्तिम संस्कार गर्ने निर्णय गरियो,’ आफन्तले भने। (कान्तिपुर)

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...