News Portal

ब्राजिलको अमेजनस राज्यको एक कारागारमा ४२ कैदी मृत फेला

हिमाली संचार संवाददाता
६१२ पटक

ब्राजिल, २८ मे : उत्तरी ब्राजिलको कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन्। अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन्। ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज्यको राजधानी मानसस्थित ४ वटा कारागारमा गरिएका निरीक्षणका क्रममा कैदीहरु मृत भेटिएका हुन् ।

अक्सिजन अभावले श्वासप्रश्वासमा अवरोध भई कैदीहरुको ज्यान गएको अमेजन राज्यको प्रिजन एजेन्सीले जनाएको छ। घटनापछि यसबारे सरकारी अधिकारीहरुले छानबिन थालेको बताइएको छ । अवस्थालाई  थप बिग्रन नदिन एक कार्य दललाई घटनास्थलमा परिचालन गरिएको छ ।

ब्राजिलमा आपराधिक गतिविधि बढी हुन्छ । एक तथ्यांकअनुसार, विश्वको तेस्रो ठूलो कैदीबन्दी भएको देश ब्राजिल हो । ब्राजिलको गत अप्रिलसम्मको तथ्यांकअनुसार, ७ लाख १२ हजार ३०५ कैदी बन्दी देशका विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका छन्। कैदीको संख्या अत्यधिक भए पनि ब्राजिलसँग कैदी राख्ने पूर्वाधार अभाव छ ।

अहिले रहेका कैदीमध्ये झण्डै आधा मात्रै अट्ने क्षमता ब्राजिलका कारागारको छ । क्षमताभन्दा निकै बढी कैदीबन्दी कारागारमा कोचाकोच हुँदा लगातार अप्रिय घटना भइरहेको बताइएको छ। सन् २०१७ को सुरुवातदेखि हालसम्म उत्तरी ब्राजिलमा मात्रै ११९ को ज्यान गुमिसकेको छ । गत आइतबार मात्रै १५ कैदीको जेलभित्र भएको झडपका क्रममा ज्यान गएको थियो ।

ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा झडप हुँदा कैदीबीन्दैको ज्यान गएको थियो। तर, यो घटना सेलाउन नपाउँदै फेरि ठूलो संख्यामा कैदीको ज्यान गएको घटना प्रकाशमा आएको छ। जेलबाट भाग्ने समस्या पनि ब्राजिलमा उत्तिकै छ । गत सेप्टेम्बरमा मात्रै एक प्रहरीको हत्या गरेर लगभग ९२ कैदी भागेका थिए ।

बीबीसीका अनुसार, कारागारमा लगातार भइरहेको अप्रिय घटनापछि ब्राजिल सरकारमाथि कारागार पुर्नसंरचना गर्नुपर्ने मत उठ्न थालेको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...