News Portal

ब्राजिलको अमेजनस राज्यको एक कारागारमा ४२ कैदी मृत फेला

हिमाली संचार संवाददाता
५५४ पटक

ब्राजिल, २८ मे : उत्तरी ब्राजिलको कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन्। अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन्। ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज्यको राजधानी मानसस्थित ४ वटा कारागारमा गरिएका निरीक्षणका क्रममा कैदीहरु मृत भेटिएका हुन् ।

अक्सिजन अभावले श्वासप्रश्वासमा अवरोध भई कैदीहरुको ज्यान गएको अमेजन राज्यको प्रिजन एजेन्सीले जनाएको छ। घटनापछि यसबारे सरकारी अधिकारीहरुले छानबिन थालेको बताइएको छ । अवस्थालाई  थप बिग्रन नदिन एक कार्य दललाई घटनास्थलमा परिचालन गरिएको छ ।

ब्राजिलमा आपराधिक गतिविधि बढी हुन्छ । एक तथ्यांकअनुसार, विश्वको तेस्रो ठूलो कैदीबन्दी भएको देश ब्राजिल हो । ब्राजिलको गत अप्रिलसम्मको तथ्यांकअनुसार, ७ लाख १२ हजार ३०५ कैदी बन्दी देशका विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका छन्। कैदीको संख्या अत्यधिक भए पनि ब्राजिलसँग कैदी राख्ने पूर्वाधार अभाव छ ।

अहिले रहेका कैदीमध्ये झण्डै आधा मात्रै अट्ने क्षमता ब्राजिलका कारागारको छ । क्षमताभन्दा निकै बढी कैदीबन्दी कारागारमा कोचाकोच हुँदा लगातार अप्रिय घटना भइरहेको बताइएको छ। सन् २०१७ को सुरुवातदेखि हालसम्म उत्तरी ब्राजिलमा मात्रै ११९ को ज्यान गुमिसकेको छ । गत आइतबार मात्रै १५ कैदीको जेलभित्र भएको झडपका क्रममा ज्यान गएको थियो ।

ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा झडप हुँदा कैदीबीन्दैको ज्यान गएको थियो। तर, यो घटना सेलाउन नपाउँदै फेरि ठूलो संख्यामा कैदीको ज्यान गएको घटना प्रकाशमा आएको छ। जेलबाट भाग्ने समस्या पनि ब्राजिलमा उत्तिकै छ । गत सेप्टेम्बरमा मात्रै एक प्रहरीको हत्या गरेर लगभग ९२ कैदी भागेका थिए ।

बीबीसीका अनुसार, कारागारमा लगातार भइरहेको अप्रिय घटनापछि ब्राजिल सरकारमाथि कारागार पुर्नसंरचना गर्नुपर्ने मत उठ्न थालेको छ ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...