News Portal

  • गगन थापाको भासण सुन्न खाली भएको हल अकस्मात खचाखच भरिएपछी..

    हिमाली संचार संवाददाता
    ४३२ पटक

    काठमाडौं, १४ जेठ : नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापालाई राजीनामा दिन सुझाव दिएका छन् । नेपाल प्रेस युनियनको २८औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विप्लवको प्रवक्ता बन्ने गृहमन्त्रीलाई पदमा बस्ने अधिकार नरहेको बताए ।

    ‘हामीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो’, थापाले भने, ‘तर्साउने गृहमन्त्री चाहिएको होइन। शान्तिसुरक्षा दिन नसक्ने गृहमन्त्रीले आजै राजीनामा दिनुपर्छ । विप्लवले जनसेना गठन गरेको र उपत्यकालाई केन्द्र बनाएको भन्ने गृहमन्त्रीको भनाइको थापाले आलोचना गरे। उनले विप्लवबारे यति जानकारी राख्दाराख्दै पनि किन सुरक्षा दिन नसकेको भन्दै प्रश्न गरेका थिए ।

    कांग्रेसका युवा नेता थापाले कम्युनिस्ट सरकारले अधिनायकवाद तर्फ जान लागेको बताए। ‘राजा ज्ञानेन्द्रलाई ठेगान लगायौं’, उनले भने, ‘अब राजा बन्न खोज्नेलाई रोक्ने तागत पनि हामीसँग छ। युवा नेता थापाले त्यसका लागि कांग्रेसको सुदृढीकरण हुन जरुरी रहेको बताए । उनले आतंक, आपराधिक घटनाको पनि विरोध गरेका छन् ।

    नेपाली कांग्रेसले शुरू गरेको जागरण अभियानको आलोचना गरेका युवा नेता थापाले महाधिवेशन गरेर नयाँ संविधानअनुसार कांग्रेसलाई व्यवस्थापन गर्नुपर्ने बताए। नयाँ संविधान कांग्रेसकै नेतृत्वमा बनायौँ’, उनले भने, ‘कांग्रेसलाई नयाँ संविधान संघीयताले चिन्दैन। अहिले अधिवेशन गरेर संविधानअनुसार कांग्रेसलाई ढाल्ने बेला जागरण अभियान चलाउनु ठीक होइन ।

    नेपाली कांग्रेसका युवा नेता थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शुरू गरेको हिंसाको राजनीतिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताएका छन् । उनले विप्लवलाई हिंसाको राजनीति त्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन सुझाव दिएका छन् ।

    कार्यक्रममा अन्य नेताहरू बोल्दै गर्दा हल खाली थियो। गगनको बोल्ने पालो आएपछि हल खचाखच भरिएको थियो। गगनले बोल्दै गर्दा हलमा सन्नाटा छाएको थियो। सबैले गगनको सम्बोधनलाई ध्यानपूर्वक सुनेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...