News Portal

सुर्यमुखी खेतीकाे वजार नहुदा कृषक निरास

हिमाली संचार संवाददाता
३७६ पटक

रबिन्द्र बराल
जेठ,१३ साेमबार : पुर्वी माेरङका कृषकहरु सुर्यमुखि खेती तर्फ अाकर्सित भएता पनि वजार नपाउदा चिन्तित भएका छन। रंगेली नगरपालिका ३ स्थित रंजनीका प्रत्येक घरका कृषकहरुले अाफुलाई उपयोग गर्नेका लागि ५ देखि १० कठ्ठा खेतीमा सुर्यमुखि खेती गर्ने गरेका छन ।

किसानहरुले अाफुलाई खानका लागि प्रयोग हुने भएकाले सुर्यमुखी खेती गर्ने गरेको गाेपाल घिमिरेले बताए। स्वास्थ्यका लागि सुर्यमुखी तेल स्वास्थ्यकर र लाभदायक हुने भएकोले कृषकहरु अाकर्सित भएको घिमिरेले बताए।

यहाँका कृषकहरुले सुर्यमुखी खेती गर्ने अाकर्सित भएता पनि कुन ठाउँमा बिक्रीवितरण गर्ने हाे भन्ने कुनै जानकारी नभएकाले थाेरै ठाउँमा उव्जनी गर्ने गरेको कृषकहरु बताउँछन्। वजारमा बिक्रीवितरण हुने ठाउँ थहा पाए अाफुहरुले बिगाै बिगाहा सुर्यमुखी खेती गर्ने रतन मणि माैनालीले बताए।

सुर्य मुखि खेती गर्ने बलाैटाे माटाे उपयुक्त र राम्रो उत्पादन हुने कृषकहरु बताउँछन् । एक केजी बीउ वजारमा प्रति केजी १२ सय रुपैयाँ देखि २५ सय रुपैयाँ सम्म पर्ने गरेको र एक केजीले एक बिधा खेती सम्म लगाउन सकिने र उत्पादनमा समेत राम्रो अाम्दानी हुने मैनालीले बताए। सुर्य मुखी खेती फाल्गुनमा छरेर साउन महिनामा टिप्ने गरेका छन ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...