News Portal

  • दार्चुलामा अज्ञात व्यक्तिद्वारा महरा दम्पतीको हत्या

    हिमाली संचार संवाददाता
    ४१७ पटक

    किरन धामी
    दार्चुला, १३ जेठ : दार्चुलामा शनिबार राति अज्ञात व्यक्तिले महरा दम्पतीको हत्या गरेर फरार भएका छन् । महाकाली नगरपालिका–३ काँटै भन्ने स्थानमा चिया, किराना पसल थापेर बस्दै आएका ७० वर्षीय वीरभान महरा र उनकी ६३ वर्षीया श्रीमती द्रोपती महराको हत्या भएको प्रहरीले जनाएको छ। अज्ञात व्यक्तिले लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो ।

    घटनाबारे प्रहरीलाई आइतबार बिहान मात्रै खबर आएको उहाँले बताउनुभयो। द्रोपती महराको घटनास्थलमै तथा उनका श्रीमान् वीरभान महराको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो ।

    आक्रमणबाट गम्भीर घाइते भएका उनका नाति १२ वर्षीय लोकेश महराको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको उहाँले जानकारी दिनुभयो । लोकेश भागेर बाच्न सफल भएका हुन्। शनिबार राती १२ बजेतिर मास्क लगाएर आएको अज्ञात व्यक्तिले आक्रमण गरेको घाइते लोकेशले प्रहरीलाई बताएको उहाँले जानकारी दिनुभयो ।

    पीडित परिवारले दिएको जानकारीअनुसार मृतक द्रोपतीको कानमा मुन्द्रा र घाँटीमा तिलहरी रहेको तथा घटनास्थलमा नभेटिएको उहाँले बताउनुभयो। मृतक द्रोपतीको शव घटनास्थलमै राखिएको छ। घटनाको थप अनुसन्धाका लागि धनगढीबाट तालिम प्राप्त कुकुरहरु ल्याइएको तथा आइतबार राति नै कुकुरहरु प्रयोग गरिने उहाँले बताउनुभयो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...