News Portal

प्रहरीले लगायो अप्सरा श्रेष्ठको अबैध धन्दामाथि पूर्णाविराम

हिमाली संचार संवाददाता
४९५ पटक

काठमाडौं : चेक बाउन्स गराएर दुःख दिँदै आएकी ३६ वर्षीया अप्सरा श्रेष्ठलाई महानगरीय अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको छ। ऋण सापटी दिई ब्ल्यांक चेकमा हस्ताक्षर गराएर आफूखुसी रकम भरी बाउन्स गराएर दुःख दिने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक पाङ्ग्रेटर १ घर भई हाल काठमाडौं १५ किमडोल बस्दै आएकी अप्सरालाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो। श्रेष्ठले घरब्यवहार चलाउन भन्दै माग्न आउने विभिन्न व्यक्तिलाई बढीमा २०/२५ हजार ऋण सापटी दिने गर्थिन् ।

त्यसबापत ऋणीलाई ब्ल्यांक चेकमा हस्ताक्षर गर्न लगाएर आफैले पैसा भरेर फसाउने गरेको उजुरी प्रहरीमा परेको थियो। हस्ताक्षर गराइसकेपछि उनले ती चेकहरूमा आफूखुसी रकम भर्थिन् र चेक बाउन्स गराउँदै दुःख दिने गर्थिन् ।

महाशाखा प्रमुख सहकुलबहादुर थापाले अप्सरा श्रेष्ठले ऋण फिर्ता गर्नेलाई समेत रकम फिर्ता नगरेको भन्दै चेक बाउन्स गराएर दुःख दिने गरेको उजुरी आएपछि पक्राउ गरेर कारबाही शुरू गरिएको बताए ।

अप्सरा श्रेष्ठविरुद्ध ६ जनाले महाशाखामा उजुरी दिएका थिए। प्रहरीले फेन्सी व्यवसाय गर्दै आएकी उनीबाट विभिन्न बैंकका ब्ल्यांक चेक ३२ थान, आफूखुसी रकम उल्लेख गरेका चेक ३५ थान र बाउन्स गरिएका चेक ७ थानका साथमा हिसावकिताव राखेको कापी ३४ थान, डायरी र रजिष्टार बरामद भएको थापाले बताए ।

प्रहरीले उनको फेन्सी पसलमा खानतलासी गर्दा यी चिजहरू भेटिएका थिए। बरामद गरिएका ३४ थान चेकमा श्रेष्ठले एक करोड ३४ लाख ६२ हजार बराबरको रकम भरेको पाइएको छ। बाउन्स गरिएका चेकमा ५६ लाख बराबरको रकम रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...