News Portal

  • उपसभामुखका अंगरक्षक(महिला प्रहरी) माथि यौन प्रस्ताव राख्ने स्वकीय सचिवको पद चैट

    हिमाली संचार संवाददाता
    ४९१ पटक

    जेठ १२, धनगढी : सुदूरपश्चिम प्रदेशमा उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने उपसभामुखकै स्वकीय सचिव बर्खास्त भएका छन्। उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमार्फत यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि पदबाट हटाइएको हो।

    स्वकीय सचिव भट्टले महिला प्रहरीलाई यौन प्रस्ताव गरेको खबर केही दिन पहिले बाहिर आएको थियो। स्वकीय सचिव भट्टले पदीय आचरण विपरित काम गरेको भन्दै तीब्र आलोचना भएपछि उनलाई जिम्मेवारीबाट हटाइएको उपसभामुखको सचिवालयले जनाएको छ।

    बिगतमा पनि उपसभामुखका अंगरक्षकलाई उनले यौन प्रस्ताब राख्ने गरेको स्रोतले बताएको छ। स्वकीय सचिवकै हर्कतबाट हरेक दुई महिनामा अंगरक्षक फेरिने गरेको स्रोतको दाबी छ। पछिल्लो पटक अंगरक्षक फेरिएलगत्तै यौन प्रस्ताव गरेको खबर बाहिर आएको थियो।

    सुदूरपश्चिम प्रदेश नेकपाका सह इञ्चार्ज समेत रहेका उपसभामुख जोशीका श्रीमान लक्ष्मणदत्त जोशी सहितका नेकपाका नेताहरूको निर्देशनमा भट्टलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाइएको थाहाखबरले जनाएको छ।

    अघिल्लो समाचार

    उपसभामुखका स्वकीय सचिवको यौन प्रस्ताव अस्विकार गर्दा अंगरक्षकबाट हटिन् महिला प्रहरी 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...