News Portal

उपराष्ट्रपति पुन विश्व सम्मेलनमा सहभागी हुन अष्ट्रियाको भियना प्रस्थान

हिमाली संचार संवाददाता
३५७ पटक

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । जेठ १४ गते राजधानी भियनामा सुरु हुने आर-२० अष्ट्रियन विश्व सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उपराष्ट्रपति पुन बिहान ९:२० बजेको उडानबाट कतार एयरवेजको उडानबाट भियनातर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायत छन् ।

उपराष्ट्रपतिले १३ जेठमा बहुपक्षीय कुटनीतिक फोरम भियना अन्तर्राष्ट्रिय सेन्टरको ४० औं वार्षिक उत्सव कार्यक्रममा सहभागिता जनाउनेछन् । जेठ १४ गते उनले आर-२० अष्ट्रियन विश्व सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि उनी अष्ट्रियाका संघीय राष्ट्रपतिले दिने दिवाभोजमा सहभागी हुनेछन् । त्यस्तै आर-२० सम्मेलनको समूहगत छलफलमा पनि सहभागी हुनेछन् । अष्ट्रिया भ्रमणका क्रममा उपराष्ट्रपति पुन जेठ १५ गते अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा पनि सरिक हुनेछन् । उपराष्ट्रपति पुन जेठ १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...