News Portal

अष्ट्रेलियाबाट ‘सीधाकुरा जनतासँग’, राजदुत ढलाउने वाङ्छु शेर्पासमेत लाइभमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
४५१ पटक

काठमाडौं, ११ जेठ : न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ३८३ औं एपिसोडलाई अष्ट्रेलियको क्यानबेराबाट प्रत्यक्ष प्रसारण गरिएको छ । कार्यक्रमको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ। एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

अष्ट्रेलियाको सिड्नीमा ‘सीधाकुरा’ टिम, विद्यार्थीका समस्यानै समस्या !

अष्ट्रेलिया आइपुगेको ‘सीधाकुरा’ टिमले पहिलो दिन सिड्नीमा रहेका नेपाली समूदायका विद्यार्थी तथा अन्य व्यक्तिहरुसँग अन्तरक्रिया गरेको छ। अन्तरक्रियाबाट ‘सीधाकुरा’ टिमले अष्ट्रेलियामा आएर अध्ययन तथा रोजगारीको सिलसिलामा विषेश गरी विद्यार्थीले भोगेको समस्यालाई नियाल्ने प्रयास गरेका छ ।

विषेश गरी नेपालका कन्सल्टेन्सीले भने अनुसारका कलेज नहुनु, कतिपय अवस्था कलेजनै अवैध हुनु लगायतका समस्या अधिकांश विद्यार्थीका थिए।

लक्की शेर्पाको राजीनामापछि अष्ट्रेलिया स्थित नेपाली दुतावासले नेपाली राजदुत पाएन !

अष्ट्रेलियाका लागि तत्कालीन नेपाली राजदुत लक्की शेर्पाले राजीनामा दिएपछि रिक्त राजदुतको पदमा अहिलेसम्म नयाँ राजदुतको नियुक्ती भएको छैन। जसका कारण दुतावासको सेवा प्रभावमा समस्या भएको अष्ट्रेलियामा रहेको नेपालीले गुनासो गरेका छन् ।

अष्ट्रेलिया लैजाने बहानामा आफ्नै चालकसँग ३३ लाख बढी पैसा लिएको बिषय सिधाकुराले प्रशारण गरेपछि तत्कालीन राजदुत शेर्पाले २०७५ माघ १८ गते राजीनामा दिएकी थिइन् । कार्यक्रममा उनले नै सवारी चालकका रुपमा अष्ट्रेलिया लगेकी वाङछु शेर्पाले लक्की शेर्पालाई अष्ट्रेलिया ल्याउन लाखौं पैसा लिएको आरोप लगाएका थिए ।

एआइबीटीबाट पीडित विद्यार्थीहरुको मुद्धा जस्ताको त्यस्तै !

केही समय अघि अष्ट्रेलियामा रहेका विद्यार्थीहरुको समस्या कार्यक्रममा पहिलो पटक प्रशारण गरेका थियौँ । अष्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेश एन्ड टेक्नोलोजी एआइबीटीमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो कलेज अवैधानिक रहेको थाहा पाएपछि आँफूहरु अलपत्र परेको बिषयमा लाइभ कुरा गरेका थिए । हामीले यो बिषयमा थप फलोअप गरेपछि नेपाल सरकारले पनि चासो देखाएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...