आज : २०२६-०७-२८, मङ्गलबार

“गजल”

– उर्मिला न्यौपाने

छताछुल्ल छ जिन्दगी सम्हाल्न नआऊ
सुख दिन सक्दिन सानू अँगाल्न नआऊ

भत्केको घरको छानो चर्किएको पर्खाल
पीर् नगर एक्लै बनाउछु टाल्न नआऊ

त्यसै पनि नौनी जस्तै गलेकीछु अचेल
झनै पीडा थपेर मलाई ढाल्न नआऊ

निभिसकेको छ मेरो आशाको दियो अब
भो भो चाहिँदैन तेल थपी बाल्न नआऊ

जोगाएर राखेकी छु कोमल मुटु मेरो
खोसेर त्यै मुटु काँडा बीच फाल्न नआऊ।।

~ लम्की कैलाली ।