News Portal

“गजल”

हिमाली संचार संवाददाता
६९३ पटक

– उर्मिला न्यौपाने

छताछुल्ल छ जिन्दगी सम्हाल्न नआऊ
सुख दिन सक्दिन सानू अँगाल्न नआऊ

भत्केको घरको छानो चर्किएको पर्खाल
पीर् नगर एक्लै बनाउछु टाल्न नआऊ

त्यसै पनि नौनी जस्तै गलेकीछु अचेल
झनै पीडा थपेर मलाई ढाल्न नआऊ

निभिसकेको छ मेरो आशाको दियो अब
भो भो चाहिँदैन तेल थपी बाल्न नआऊ

जोगाएर राखेकी छु कोमल मुटु मेरो
खोसेर त्यै मुटु काँडा बीच फाल्न नआऊ।।

~ लम्की कैलाली ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...