News Portal

==== गजल ====

हिमाली संचार संवाददाता
४८८ पटक

जवानी हुदा भट्टीकी साउनी खास बनायौ कान्छा
पाँच दिन घर बाँकी दिन वन बास बनायौ कान्छा

तिमीसँगै लडीवुढी गर्ने ठुलो रहर थियो मलाई
सबै रोमान्टिक रहरहरु बकवास बनायौ कान्छा

चाउरी परे नजिक-नजिक नहोउ अवश्यकता छैन
पहिले आँशु अनि रोदनको गास बनायौ कान्छा

तिम्रो पर्खाइमा बर्बराउँदै सुतेका यादहरु ताजै छन
न राडी न पोयाली झै जिउदो लास बनायौ कान्छा

शरिरमा रगत सकियो ऊ बेला वखत गयो निरासै
बुढेशकाल के फाईदा उमेरमा दास बनायौ कान्छा

तिमीले पिटेका निलडाम शरिरमा आजसम्म छन
आएको जवानी पनि त्यसै सर्बनास बनायौ कान्छा।।

दल बहादुर शाही
हेलोखार्पूनाथ गाउँपालिका हुम्ला कर्णाली
हाल : कैलाली

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...