News Portal

विदेशको सपना देखेका नजिम कतार पुगेर रित्तो हात फर्किए

हिमाली संचार संवाददाता
५१९ पटक

नजिम मन्सुरी, सुनसरी : मेरो १९ वर्षको उमेरमै बिहे भयो । दुई बालबच्चा पनि छन् । गाउँमा पाएको काम गर्थें । बिहानबेलुका खान पुगकै थियो तर विदेशको सपना देखेपछि भने सबै कुरा बिग्रियो। विदेश जाँदा ठगीमा परियो । एजेण्टले पैसा मात्र ठगेन । मलाई नराम्रो काममा पठाएर दुःख पनि दियो । गाउँमै काम गरिरहेको थिएँ । एजेण्टले विदेशमा राम्रो काम र कमाइ हुन्छ भन्यो । मलाई पनि हो जस्तै लाग्यो । त्यसैले १ लाख रुपैयाँ उसलाई दिएँ । कतार गएँ ।

म २०७५ असोजमा कतार गएको हुँ । विल्डिङ कन्स्ट्रक्सनको काममा भनेर उसले पठाएको थियो तर सप्लाई कम्पनी रहेछ । त्यहाँ गएपछि मैले सडकमा काम गर्नुपर्‍यो । तातो घाममा ठूल्ठूला ढुङ्गा फोर्नेदेखि गैंती चलाउनुपर्‍यो । काम एकदम दुःख थियो । तै पनि गएपछि त गर्नै पर्‍यो नि । काम गरिरहेकै थिएँ। उसले यहाँ भनेअनुसारको केही पनि मिलेन । न काम न त तलब नै । साढे दुई महिना काम गरेको थिएँ । त्यसपछि मुदिर(म्यानेजर)ले भन्यो ‘यहाँ कम्पनी टुट्न लाग्यो तिमी आफ्नो कम्पनीमा जाउ ।

अब जाने कहाँ ? खाने पैसा पनि दिएको थिएन । ऋणमा सामान किनेर खाइरहेका थियौं । सयकडा तीन रुपैयाँ दरले काढेको १ लाख रुपैयाँको एक रुपैयाँ पनि ब्याज तिर्न सकिएन। म कामै नभएपछि डेढ महिनामा सात सय कतारी रियाल कमाएर फर्किएँ । यहाँ आएर जिल्ला प्रशासनमा गएर निवेदन पनि दिएको हो । तर म्यानपावरले अर्को देश पठाइदिन्छु भनेर कुरा मिलायो ।

त्यस्तो भनेको पनि यत्तिका महिना भइसक्यो कहिले पठाउने हो ठेगान छैन । मेरो दुई छोरी र श्रीमती छन् । उनीहरुका लागि पनि त खर्च जुटाउनुपर्‍यो । कुन दिन भिसा आउँछ र उड्छु भन्दै बस्ने त कुरै हुँदैन। उसले मलाई विदेश पठाउने लिएको पैसा मात्रै फिर्ता दिए पनि म ऋण तिरेर यहीँ काम गर्थें । तर त्यही पैसा अर्को देश पठाउँछु भन्छ।

मलाई त्यसरी नै कुराइरहेको छ । ‘अहिले भिसा बन्द छ केही समय कुर अनि पठाउँछु रे ।’ उसले पहिले नै ठगेकाले मलाई विश्वास छैन । तर पैसा उठाउन भए पनि फेरि विदेश जानुपर्ने भयो। हामीले यो समाचार उज्यालोअनलाइनबाट लिएका हौ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...