News Portal

विदेशको सपना देखेका नजिम कतार पुगेर रित्तो हात फर्किए

हिमाली संचार संवाददाता
५६० पटक

नजिम मन्सुरी, सुनसरी : मेरो १९ वर्षको उमेरमै बिहे भयो । दुई बालबच्चा पनि छन् । गाउँमा पाएको काम गर्थें । बिहानबेलुका खान पुगकै थियो तर विदेशको सपना देखेपछि भने सबै कुरा बिग्रियो। विदेश जाँदा ठगीमा परियो । एजेण्टले पैसा मात्र ठगेन । मलाई नराम्रो काममा पठाएर दुःख पनि दियो । गाउँमै काम गरिरहेको थिएँ । एजेण्टले विदेशमा राम्रो काम र कमाइ हुन्छ भन्यो । मलाई पनि हो जस्तै लाग्यो । त्यसैले १ लाख रुपैयाँ उसलाई दिएँ । कतार गएँ ।

म २०७५ असोजमा कतार गएको हुँ । विल्डिङ कन्स्ट्रक्सनको काममा भनेर उसले पठाएको थियो तर सप्लाई कम्पनी रहेछ । त्यहाँ गएपछि मैले सडकमा काम गर्नुपर्‍यो । तातो घाममा ठूल्ठूला ढुङ्गा फोर्नेदेखि गैंती चलाउनुपर्‍यो । काम एकदम दुःख थियो । तै पनि गएपछि त गर्नै पर्‍यो नि । काम गरिरहेकै थिएँ। उसले यहाँ भनेअनुसारको केही पनि मिलेन । न काम न त तलब नै । साढे दुई महिना काम गरेको थिएँ । त्यसपछि मुदिर(म्यानेजर)ले भन्यो ‘यहाँ कम्पनी टुट्न लाग्यो तिमी आफ्नो कम्पनीमा जाउ ।

अब जाने कहाँ ? खाने पैसा पनि दिएको थिएन । ऋणमा सामान किनेर खाइरहेका थियौं । सयकडा तीन रुपैयाँ दरले काढेको १ लाख रुपैयाँको एक रुपैयाँ पनि ब्याज तिर्न सकिएन। म कामै नभएपछि डेढ महिनामा सात सय कतारी रियाल कमाएर फर्किएँ । यहाँ आएर जिल्ला प्रशासनमा गएर निवेदन पनि दिएको हो । तर म्यानपावरले अर्को देश पठाइदिन्छु भनेर कुरा मिलायो ।

त्यस्तो भनेको पनि यत्तिका महिना भइसक्यो कहिले पठाउने हो ठेगान छैन । मेरो दुई छोरी र श्रीमती छन् । उनीहरुका लागि पनि त खर्च जुटाउनुपर्‍यो । कुन दिन भिसा आउँछ र उड्छु भन्दै बस्ने त कुरै हुँदैन। उसले मलाई विदेश पठाउने लिएको पैसा मात्रै फिर्ता दिए पनि म ऋण तिरेर यहीँ काम गर्थें । तर त्यही पैसा अर्को देश पठाउँछु भन्छ।

मलाई त्यसरी नै कुराइरहेको छ । ‘अहिले भिसा बन्द छ केही समय कुर अनि पठाउँछु रे ।’ उसले पहिले नै ठगेकाले मलाई विश्वास छैन । तर पैसा उठाउन भए पनि फेरि विदेश जानुपर्ने भयो। हामीले यो समाचार उज्यालोअनलाइनबाट लिएका हौ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...