News Portal

  • मेयर कप भलिबल प्रतियोगितामा झापा बिजयी

    हिमाली संचार संवाददाता
    ४०० पटक

    अमर काफ्ले/इनरुवा : सुनसरीको इनरुवामा शुक्रबार सम्पन्न दोस्रो प्रदेश स्तरीय  मेयर कप भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा झापाले शिखर शुज इटहरीलाई पराजित गरेको हो। महेन्द्रचोकमा सम्पन्न खेलमा झापाले शिखर शुज इटहरी सोझो सेटमा पराजित गरेको हो ।

    सुरुवाती तीन सेट जितेको झापाले शिखर शुज विरुद्ध २५–२८, २५–१७ र २५–२२ को स्कोरमा नतिजा आफ्नो पक्षमा पारेको हो। प्रतियोगिताको बिजेता बनेसँगै झापाले शिल्ड र प्रमाण पत्र सहित नगद एक लाख पुरस्कार हात पारेको छ भने उपबिजेता भनेको शिखर शुजले शिल्ड सहित नगद ५० हजार प्राप्त गरेको छ ।

    बिजेता टोली तथा खेलाडीहरुलाई प्रदेश नम्वर एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला र इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले पुरस्कार वितरण गरेका थिए। यसैबीच सोही खेलमा उत्कृष्ट दर्शकलाई समेत सम्मान गरिएको छ ।

    खेल अवधीभरको मुल्यांकनमा आधारमा उत्कृष्ठ दर्शक ठहरिनु भएका इटहरी घर भई इनरुवामा अध्यापन गराउँदै आउनु भएका शिक्षक कृष्णप्रसाद ढकाललाई नगद ५ हजार सहित सम्मान गरिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...