News Portal

मेयर कप भलिबल प्रतियोगितामा झापा बिजयी

हिमाली संचार संवाददाता
४७७ पटक

अमर काफ्ले/इनरुवा : सुनसरीको इनरुवामा शुक्रबार सम्पन्न दोस्रो प्रदेश स्तरीय  मेयर कप भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा झापाले शिखर शुज इटहरीलाई पराजित गरेको हो। महेन्द्रचोकमा सम्पन्न खेलमा झापाले शिखर शुज इटहरी सोझो सेटमा पराजित गरेको हो ।

सुरुवाती तीन सेट जितेको झापाले शिखर शुज विरुद्ध २५–२८, २५–१७ र २५–२२ को स्कोरमा नतिजा आफ्नो पक्षमा पारेको हो। प्रतियोगिताको बिजेता बनेसँगै झापाले शिल्ड र प्रमाण पत्र सहित नगद एक लाख पुरस्कार हात पारेको छ भने उपबिजेता भनेको शिखर शुजले शिल्ड सहित नगद ५० हजार प्राप्त गरेको छ ।

बिजेता टोली तथा खेलाडीहरुलाई प्रदेश नम्वर एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला र इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले पुरस्कार वितरण गरेका थिए। यसैबीच सोही खेलमा उत्कृष्ट दर्शकलाई समेत सम्मान गरिएको छ ।

खेल अवधीभरको मुल्यांकनमा आधारमा उत्कृष्ठ दर्शक ठहरिनु भएका इटहरी घर भई इनरुवामा अध्यापन गराउँदै आउनु भएका शिक्षक कृष्णप्रसाद ढकाललाई नगद ५ हजार सहित सम्मान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...