News Portal

काँग्रेस जिल्ला समिति र दलित संघको सहभोजको आयोजनामा महामन्त्री खड्का

हिमाली संचार संवाददाता
५५८ पटक

भक्तपुर,१० जेठ : नेपाली काँग्रेस भक्तपुरले समता दिवसका अवसरमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ स्थित थाकलमठमा सहभोजको आयोजना गरेको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समिति र दलित संघको आयोजनामा थाकलमठको दलित बस्तिमा गएर सँगै खाना खाँदै उक्त दिवस मनाईएको हो ।

विपी कोइरालाले २००९ साल जेष्ठ १० गते देखि थालनी गरिएको उक्त कार्यक्रम अनुसार नै शुक्रबार भक्तपुर काँग्रेसले दलित बस्तिमा सवै जात जातीका एकै स्थानमा भेला भएर एकै भान्सामा खाना खाँदै सहभोजको आयोजना गरेको हो ।

नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णवहादुर खड्काले विपीले थालनी गर्नु भएको आजको दिनलाई निरन्तरता दिदै सवै विच समता एवं भाईचाराको लागि नै सहभोजको आयोजना गरिएको जानकारी दिए ।

सहभोजको आयोजनाले दलित र गैर दलित विचको फाटो कमी ल्याउनेमा आफू विस्वस्त भएको दलित संघका अध्यक्ष रामरज मगरातीले बताए ।

कार्यक्रममा भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा प्रत्येक बर्ष नै सहभोजको आयोजना गर्दै जातिय विभेदको अन्तका लागि काम गर्ने बताएका थिए । उनले दलित समुदाय भनी विभिन्न लान्छाना लगाउनु गलत भएको बताउँदै सवै मानिस समान हौं कोही सानो र कोही ठुलो छैन भनी एकै भान्सामा खाना खाँदै मनाईने समता दिवस प्रत्यक बस्तीमा आयोजना गरिने जानकारी दिए ।

सहभोजको आयोजनाले दलित र गैर दलित विचको फाटो कमी ल्याउनेमा आफू विस्वस्त भएको दलित संघका अध्यक्ष रामरज मगरातीले बताए । हामी एकै भान्सा सँगै बसेर पकायौं र सँगै बसेर खायौं पनि कसैको जात सानो र ठुलो भएन यसैले जातिय विभेद केवल कु संस्कार हो यसलाई नचिरे सम्म समाजको विकास नहुने उनले बताए ।

सहभोजमा भक्तपुर जिल्ला भरका काँग्रेसका नेता कार्यकर्ता एवं विभिन्न जातिय संगठनका प्रतिनिधि, तरुण दलका प्रतिनिधि दलित समुदायका महिला बालबालिका जेष्ठ नागरिक युवा विद्यार्थी लगायत विभिन्न समुदायका मानिसहरुको उपस्थिती रहेको थियो । सहभोजका क्रममा महामन्त्री पूर्णवहादुर खड्का लगायत सम्पूर्ण सहभागीले आफुले खाएको थाली आफैले माँझेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...