News Portal

उपसभामुखका स्वकीय सचिवको यौन प्रस्ताव अस्विकार गर्दा अंगरक्षकबाट हटिन् महिला प्रहरी

हिमाली संचार संवाददाता
६१२ पटक

कैलाली, १० जेठ : सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशीका स्वकीय सचिव हरिश भट्टको यौन प्रस्ताव अस्विकार गर्दा उपसभामुख बडालकी अंगरक्षक महिला प्रहरीलाई अङ्गरक्षकबाट हटाइएको एनपिएलन्यूजले जनाएको छ।

दार्चुलाबाट निर्वाचित उपसभामुखका स्वकीय सचिव पनि दार्चुलाकै बासिन्दा हुन् । उपसभामुखका अंगरक्षक पटकपटक फिरिदै गरेका छन् । कारण स्वकीय सचिवको यौन प्रस्ताव हुन सक्ने पुर्व अंगरक्षकलाई उदृत गर्दै पिडित महिला प्रहरी बताउँछन् । गत माघबाट उपसभामुखको अङ्गरक्षकमा कार्यरत पिडित महिला प्रहरीलाई बैशाखमा उनको श्रीमान संगको झगडालाई निहुँ पारेर हटाईएको हो ।

उनका श्रीमान पनि गत भाद्र उपसभामुखको निवासको सुरक्षाकर्मीका रुपमा कार्यरत छन् । पिडित महिला प्रहरीले आफु र आफ्नो श्रीमान विच उपसभामुखको निवासमा कहिले पनि झगडा नभएको बताईन् । उनले स्वकीय सचिव भट्टको सल्लाह अनुसार सभामुखले डिआइजीलाई श्रीमान श्रीमतीको झगडा हुने गरेको आरोप लगाएर अङ्गरक्षकबाट हटाइएको बताइन् ।

स्वकीय सचिव भट्टले पटकपटक फोन म्यासेज तथा फेसबुकको म्यासेन्जरबाट यौन प्रस्ताव राख्ने गरेको पिडितको गुनासो छ । स्वकीय सचिव र सभामुखले अहिले आफन्तलाई अंगरक्षक बनाएको पिडित पुर्व अंगरक्षकले बताईन्। प्रहरीले महिलाका लागि महिला अंगरक्षक नै खटाउँने गरेको छ । तर स्वकीय सचिवले महिला प्रहरी माथी यसरी पटकपटक यौन प्रस्ताव राख्ने गरेपछि महिला अंगरक्षकले आफु असुरक्षित महशुस गर्ने गरेका छन् ।

स्वकीय सचिवले ति महिला अंगरक्षकलाई पटकपटक यौन सम्पर्कका लागि राखेको प्रस्तावको स्क्रीनसट बाहिरिएको छ । फेसबुकको म्यासेन्जरमा स्वकीय सचिव भट्टले,‘मलाई तिमि सङ्ग गर्न मन छ बाँकी जान्दैन । मजा लिने हो । भाउजु यता छैन । भाउजुको काम अस्थायी रुपले चलाई देउन यार । धेरै जान्दैन आज जसरी पनि मिलाउ मलाई गर्न मन लागीसक्यो । आज साँझ मिलाउ है । एक दिनलाई फरक पर्दैन । एक घण्टा मात्र जस्ता म्यासेजहरु पठाएको छ ।

म्यासेजमा ति महिला प्रहरीले बारम्बार हुन्न नाइ भन्दा भन्दै पनि स्वकीय सचिवले पटकपटक यौन क्रियाकलापका लागि दवाव दिदै आएका छन् । यस विषयमा उपसभामुखसंग कुरा गर्दा आफ्नो कार्यालयमा हुँदा त्यो कुरा नउठेको र अहिले त्यसबारे केहि भन्न नसकिने बताइन् । उनले आफुले पनि आज मात्रै त्यस विषयमा जानकारी पाएको बताईन् । स्वकीय सचिव भट्टले ति अंगरक्षकलाई आफुले म्यासेज नगरेको जिकिर गरे । उनले त्यो म्यासेज आफ्नो मोवाइल कार्यालयमा छोडेको समयमा कसैले गरेको हुन सक्ने बताए ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...