News Portal

दैलेखमा जिव दुर्घटना हुँदा ५ जना घाइते

हिमाली संचार संवाददाता
५५१ पटक

कृष्णप्रसाद अधिकारी
जेठ ८ दैलेख : नारायणा नगरपािलका निजकै नमुना बस्ती नजिक बोलेरो जिव दुघर्टना भएको छ। दैलेख बजार देखी ५ जना र १० बोरा कुखुराको दाना लिएर भैरवि गाउँपालिकाको सिलिङ्ग जादै गरेको भे १ च २८०१ नम्बरको बोलेरो जिव बुधबार नारायण नगरपालिका वडा नं २ को नमुना बस्ती नजिकै ब्रेक फेल भई करीब साढे ४ बजे तिर दुर्घटना हुदा ५ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका ५ जना मध्ये ४ जनाको अवस्था सामान्य रहेको र २ वर्षिय सन्दिप सार्र्र्कीको अवस्था भने गम्भीर रहेको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताउनुभएको छ । घाइतेको अहिले जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ, जिव सडक भन्दा ५० मिटर तल रुखमा अडिएको र जिवका चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...