गोविन्द शर्मा
बाँके : नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रेस जगतलाई नियन्त्रण गर्ने सोच राख्न नहुने मंगलबार नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै उहाँले प्रेस जगतका जायज मागहरु सुन्नुपर्ने बताउनुभयो ।
प्रेस जगतले आलोचनात्मक र रचनात्मक भूमिका निर्वाह गर्न पाउनुपर्छ भन्दै बरिष्ठ नेता नेपालले अंकुश लगाएर, रोकेर, तर्साएर समस्याको समाधान नहुने बताउनुभयो । उहाँले कसैले पनि आफ्नाे पूजा-स्तुति गरेन भनेर मूल्यांकन नहुने बताउनुभयो।
उहाँले पार्टीको समायोजना अन्तिम चरणमा पुगेको भन्दै अब पार्टी कामले गति लिने विश्वास व्यक्त गर्नुभयो। नेपालले नयाँ बजेटपछि मुलुक समृद्धितर्फको यात्रामा अघि बढ्ने पनि बताउनुभयाे।