News Portal

  • अब सबै बैंकको एटिएम मेसिनमा नेपाली भाषा

    हिमाली संचार संवाददाता
    ५७७ पटक

    काठमाडौं, ६ जेठ : तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला ।

    निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका लागि एटिएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ । उपभोक्ताको समस्यालाई समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले एटिएम मेसिनमा नेपाली भाषाको समेत सहज प्रयोग गर्ने गराउने वातावरण बनाउन लागिपरेको छ ।

    सहज रुपमा आवश्यक रकम निकाल्नका लागि प्रयोगमा ल्याइएका एटिएम मेसिनमा नेपाली भाषा प्रयोगमा नल्याइँदा ग्राहकले असुविधा भोग्ने गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएका एटिएममा नेपाली भाषा रहेको भए पनि अन्य बैंक तथा वित्तीय संस्थाका एटिएम मेसिनमा भने नेपाली भाषा राखिएको छैन ।

    नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘अटोमेटेड टेलर’ मेसिनमा नेपाली भाषा प्रयोग गरी कारोवार गर्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटिएम मेसिनमा नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने सुविधा नभएको भनी गुनासो प्राप्त भएकाले केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको हो ।

    बैंकले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र एटिएम मेसिनमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोवार गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। नेपाली भाषा प्रयोग गरी एटिएम चलाउन सकिने व्यवस्था गरी सो को जानकारी गराउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

    तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने व्यवस्था मिलाइएको नपाइएमा भुक्तानी तथा फर्छ्याैट ऐन, २०७५ अनुसार कारवाही गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ । विज्ञान प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाले पछिल्ला दिनमा ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ एटिएम मेसिन सञ्चालनमा ल्याएका हुन् ।

    बैंक तथा वित्तीय संस्था, वित्त कम्पनी तथा सहकारी संस्थाले समेत एटिएम मेसिन सञ्चालनमा ल्याएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार देशभर ४० लाख ७१ हजारले नियमित रुपमा एटिएम कार्ड प्रयोग गर्छन । कूल ५९ लाख ६० हजारले एटिएम कार्ड लिएका छन् । सरकारले नयाँ वर्षको शुरुआतसँगै शुरु गरेको ‘खाता खोलौँ’ अभियानले पनि एटिएम कार्ड लिनेको सङ्ख्यामा वृद्धि हुने देखिएको छ । रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १३ गतेको राशिफल

    आज कार्तिक १३, २०८२ (अक्टोबर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान...

    जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

    काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल...

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा...

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...