News Portal

प्रेस युनियनका अध्यक्ष बस्नेतमाथी आक्रमण गर्नेलाई कारवाहीको माग

हिमाली संचार संवाददाता
४९७ पटक

उर्लाबारी, ५ जेठ : समाचार लेखेकै विषयमा नेपाल प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतमाथी बेलबारी ११ लक्ष्मीमार्गका विक्रम राईले दुव्र्यवहार गरेका छन् । नेपाली कांग्रेस ११ नम्बर वडा समिति र क्रियाशिल सदस्य सहितको बैठकले राई लगायतलाई कारवाही गर्ने निर्णय गरेको समाचार लेखेको विषयमा राईले बस्नेतमाथी दुव्र्यवहार गरेका हुन् ।

आइतबार साँझ रेडियो बेतनाको काम सकेर पुरानो बेलबारी स्थित सवारी दुर्घटना भएको घटनास्थलमा पुगेका बस्नेतमाथी राईले धम्की सहित दुव्र्यवहार गरेका हुन् । राई अहिले इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन् । नेपाली कांग्रेस ११ नम्बर वडाका त्रियाशिल सदस्यहरुको भेलाले पार्टी निर्णय विपरित काम गरेको भन्दै राई लगायतलाई १ वर्षसम्म निलम्बन गर्ने निर्णय गरेको थियो । कांग्रेस वडा समितिले गरेको निर्णयको माइन्युट सहित प्रकासित समाचारलाई लिएर राईले आक्रोस पोखेका हुन् ।

आफ्ना अध्यक्ष समेत रहेका बस्नेतमाथी दुव्र्यवहार गर्नेलाई कडा कारवाही गर्न रेडियो बेतना र निरन्तर खबर मिडिया ग्रुपले माग गरेका छन् । घटनापछि बसेको दुवै संस्थाको आकस्मिक बैठकले समाचारको विषयमा आफ्नो असहमति या ध्यानाकर्षण व्यक्त गर्ने विकल्प हुँदाहुँदै हातपातमा उत्रने मुर्खतापुर्ण काम भएकाले त्यसप्रति घोर भत्र्सना गरेको छ । आफुलाई राजनैतिक व्यक्ति ठान्ने तर राजनैतिक संस्कार भन्दा बाहिर गएर अराजकता देखाउने कामबाट सञ्चार क्षेत्र कहिल्यै नतर्सिएको यथार्थ बुझ्न पनि दुवै संस्थाले सम्झाएका छन् ।

यस्तो थियो राईको विषयमा प्रकाशित समाचार :

कांग्रेस बेलबारी ११ नम्बर वडा उपसभापति सहित ३ जना निलम्बित !

बेलबारी ११ स्थित डाँगीहाट साना शहरी खानेपानी तथा सरसफाई आयोजनामा पार्टीको निर्णय र सहभागिताको विषयमा कांग्रेसभित्र भाँडभैलो सुरु भएको छ । खानेपानी आयोजनाको विषयमा पार्टीको संस्थागत निर्णय भन्दा विपरित काम गरेकोले कांग्रेस ११ नम्बर वडा समितिका उपसभापति, सचिव र क्षेत्रिय प्रतिनिधि समेत कारवाहीको भागीदार भएका छन् ।

११ नम्बर वडा कार्यालयले डाँगीहाट खानेपानी आयोजनाको समिति आफुखुसी गठन गरेको भन्दै त्यसमा कांग्रेसको संलग्नता नरहने बरु त्यो निर्णय विरुद्ध एकजुट भएर जाने भनी गरिएको निर्णय विपरित काम गरेको भन्दै कांग्रेस वडा समितिका उपसभापति र सचिव सहित कारवाहीमा परेका हुन् ।

शनिबार कांग्रेस ११ नम्बर वडा समितिको आयोजनामा भएको वडाभरीका क्रियाशिल सदस्य तथा पार्टीमा आस्थावान व्यक्तिहरु सहितको भेलाले उपसभापति विक्रम राई, सचिव राम तामाङ र क्षेत्रिय प्रतिनिधि निन्दा बहादुर थेबेलाई १ वर्ष सम्म निलम्बन सहितको कारवाही गरेको हो । बैठकले तिनै जनालाई पार्टीका कुनैपनि गतिविधि वा वडागत राजनैतिक कार्यक्रममा सहभागी नगराईने समेत निर्णय गरेको छ ।

उपसभापति विक्रम राईको निर्देशन अनुसार खानेपानी समितिको वैठकमा सहभागी भएकी पार्टीकी सदस्य कल्पना क्षेत्रीलाई भने वैठकले सफाइ दिने निर्णय गरेको छ । पार्टीको निर्णय विपरित गएर विक्रम राईले निर्देशन दिएको कारण खानेपानीको बैठकमा कल्पना क्षेत्री सहभागी भएको बुझिएकोले क्षेत्रीलाई सफाइ दिइएको बैठकको निर्णयमा उल्लेख छ ।

आफै उपसभापति भएर संगठनको निर्णय विपरित उल्टो दिशामा हिँडेकाले विक्रम राई सहित अन्य २ जनालाई भने कारवाही गरिएको स्थानिय निर्वाचनमा वडाध्यक्षका कांग्रेस तर्फका उमेद्वार समेत रहेका बलबहादुर मगरले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...