आज : २०२६-०६-०८, सोमबार

=== गजल ===

– प्रवीण नेपाल

टाढा जान्छु भन्छौ बाटो,छेक्ने छैन तिम्रो कसम,
फेरी तिम्रो मन्को दैलो, टेक्ने छैन तिम्रो कसम

बाँचिदिन्छु यो जिन्दगी,अन्जान बनी सधैं भरी,
देखे पनि तिमीलाई, देख्ने छैन तिम्रो कसम

भावनामा डुबेर नै, बदलिन सक्छ मन,
तिम्रो मन छुने गीत, लेख्ने छैन तिम्रो कसम

रोएको छ मन मेरो,तिम्रो पनि उस्तै होला,
आशुले नै तर पीडा, सेक्ने छैन तिम्रो कसम

खुशी चाहे दु:ख पाए, चेति सके अब मैले,
त्यै दल्दलमा फेरी मुटु,फेक्ने छैन तिम्रो कसम।।

– सिन्धुपाल्चोक