News Portal

”उ…” कविता

हिमाली संचार संवाददाता
५११ पटक

लहरा पहरा छाँगा छहरा
बन कुञ्जमा…
उड्दै छुन पुग्छे उ
तारा पुञ्जमा ।
बग्छे भेरी सुसाउदै
बेसि टार टार…
सुसेलिले निकाल्दै संगीत
मनका तार तार ।
हाल्छे सुसेलि पवनसँग
पाखा पाखामा…
गाँउदै चाल्छे डाली डालि
त्यो अाँखा अाँखामा ।
चुम्दै अोलपिन्छ कुहिरो,
फर्कि अाउने भाकेर…
उड्छिन गौथलि अाकाशमा
रम्दै बर्षात डाकेर ।
जुरमुराउछन् हरित रमाउदै
चहकाउछ जगमा…
हुदै मोहित जीव-जन, रम्दै पुग्छन्
एस्को लगमा ।
सुनाउछिन झ्याउकिरी, गाँउदै
संध्या-साँजमा…
ठोक्छे कुरेला कोसेरी, त्यहि
भाखाको माँझमा ।

– तपिकुमार सिँह ठकुरी
सिम्ता-४(पिल्क) सुर्खेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...