News Portal

सुनवर्सि नगरपालिका ७ नम्बरकाे वडा कार्यालय ४ दिन देखि बन्द

हिमाली संचार संवाददाता
१०५२ पटक

मोरङ, ३ जेठ : माेरङकाे सुनवर्सि नगरपालिकाकाे वडा नम्बर ७ कार्यलयमा स्थानीयले बिगत ४ दिन देखि तालाबन्दी गरेता पनि नगर प्रमुख तथा स्थानीय प्रशासन माैन भएको छ। नेपाल सरकारले सिंहदरवारकाे अधिकार स्थानीय सरकारलाई हस्तान्तरण गरेता पनि अझै गाउँ घरका जनताले भने दुख पाउन छाडेका छैनन् ।

चुरेभावर रास्ट्रपति काेषबाट चैत्र महिनामा बक्रा खाेलामा तटबन्ध लगाउनका लागि २० लाख रुपैयाँ रकम बिनियाेजन भएता पनि नगरपालिकाका मेयर काली प्रसाद दासकाे एकलौटी रुपमा गरेको स्थानीयले अाराेप लगाएका छन। निर्माणकाका लागी वडाध्यक्ष तथा स्थानीयलाई कुनै जानकारी नै नदिइ मेयरले एकलौटी ढङ्गबाट उपभोक्त समिति निर्माण गरेर काम सुरु गरेको अाराेपमा वडाध्यक्ष प्रकाश यादवले बताए ।

मेयरले भने अहिलेसम्म अाफुलाई वडा कार्यालयमा तालाबन्दी भएको बिषयमा कुनै जानकारी नअाएकाे र कसैले नभनेको समेत बताए। उनलेे भने अहिलेसम्म रकम समेत नअाएकाे र अाफुले कुनै किसिमको समिति समेत नवनाएकाे बताए ।

बिगत ४ दिन देखि वडा कार्यालय बन्द रहदा सर्वसाधारणहरुलाई जन्म दर्ता, बिवहा दर्ता, सिफारिस जस्ता काम समेत ठप्प भएको भने दैनिकी राजस्वमा समेत प्रभाव परेको छ ।

प्रतिकृया दिनुहोस्

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...