News Portal

  • मेलामा कर्मचारी र राजनैतिक दल विच मैत्रीपुर्ण भलिवल खेल

    हिमाली संचार संवाददाता
    ५७३ पटक

    दुर्गा वि.सी.
    सल्यान, २ जेठ : सल्यानको बनगाड कुुपिण्डे नगरपालिका वडा १ र ६ को सिमाना आँपखोलि नजिकै स्यानीपिपलीमा लाग्ने परम्परागत मेलाको अवसरमा बिहीबार भलिवल खेल आयोजना गरिएको छ ।

    वर्षेनी जेष्ठ २ गतेका दिन लाग्ने उक्त मेलाको अवसर पारेर स्थानीयले सधै झै यस वर्ष पनि खुल्ला पुरुष तथा महिला भलिवल खेल सञ्चालन गरेका छन् । साथै बिहीबार नै नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मञ्जु यरी, प्रमुख प्रशासकिय हरि के.सिले खेल सञ्चालन गरेर स्थानीयले राम्रो गरेको जनाउनु भएको छ ।

    भलिवल खेलको उद्घाटन सत्रमा बनगाडका राजनैतिक दल र नगरका कर्मचारी विच मैत्रीपुर्ण खेल समेत आयोजना गरिएको थियो । सो मैत्रीपुर्ण भलिवल खेलमा कर्मचारिले राजनैतिक दलका अगुवालाई हराएका छन् । मेलाको पहिचान झल्काउने ऐतिहासिक परम्परा वोकेको छेलो हान्ने खेलमा वडा १ वस्नेउराका विकास खड्का छेलो हान्ने खेलमा प्रथम हुनु भएको छ ।

    स्यानीपिपली मेलाको मुख्य आकर्षक केन्द्र विन्दुको रुपमा रहेको छेलो बनगाडको शक्ती पर्दशनीका रुपमा चिनीन्छ । जुन स्थानका युवाले छेलो जित्यो उक्त गाउँमा खुसीयाली मनाउने चलन छ । जस्लाई पुर्खाहरुले वलवानका रुपमा परिभाषित गर्ने गर्दछन् । यो मेला जेष्ठ महिनाको चर्को तापिलो घाममा लाग्ने भएकोले पिपलको रुख छहारिमा लाग्ने गर्दछ ।

    १ दिन सम्म चल्ने मेलामा टाढा टाढाबाट मेला हेर्न र छेलो कस्ले जित्छ भनेर निकै उत्सुकताका साथ स्थानीय मेला खेल्न आउने गर्दछन् । तर केहि समय पछि भने छेलोलाई भन्दा स्थानीय युवाहरु भलिवल खेललाई रोजाईमा पार्ने गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...

    सरकारबाट संसद् कमजोर बनाउने प्रयास भइरहेको छ : सभामुख घिमिरे

    काठमाडौं, मंसिर २८ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय संसद्लाई क्रमशः सीमित बनाउने प्रयास...

    समयमै निर्वाचन गराउनु सरकारको मूल कर्तव्य : राष्ट्रिय सभा अध्यक्ष दाहाल

    काठमाडौं, मंसिर २८ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयमै निष्पक्ष निर्वाचन सम्पन्न गर्नु सरकारको...