News Portal

मेलामा कर्मचारी र राजनैतिक दल विच मैत्रीपुर्ण भलिवल खेल

हिमाली संचार संवाददाता
६३९ पटक

दुर्गा वि.सी.
सल्यान, २ जेठ : सल्यानको बनगाड कुुपिण्डे नगरपालिका वडा १ र ६ को सिमाना आँपखोलि नजिकै स्यानीपिपलीमा लाग्ने परम्परागत मेलाको अवसरमा बिहीबार भलिवल खेल आयोजना गरिएको छ ।

वर्षेनी जेष्ठ २ गतेका दिन लाग्ने उक्त मेलाको अवसर पारेर स्थानीयले सधै झै यस वर्ष पनि खुल्ला पुरुष तथा महिला भलिवल खेल सञ्चालन गरेका छन् । साथै बिहीबार नै नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मञ्जु यरी, प्रमुख प्रशासकिय हरि के.सिले खेल सञ्चालन गरेर स्थानीयले राम्रो गरेको जनाउनु भएको छ ।

भलिवल खेलको उद्घाटन सत्रमा बनगाडका राजनैतिक दल र नगरका कर्मचारी विच मैत्रीपुर्ण खेल समेत आयोजना गरिएको थियो । सो मैत्रीपुर्ण भलिवल खेलमा कर्मचारिले राजनैतिक दलका अगुवालाई हराएका छन् । मेलाको पहिचान झल्काउने ऐतिहासिक परम्परा वोकेको छेलो हान्ने खेलमा वडा १ वस्नेउराका विकास खड्का छेलो हान्ने खेलमा प्रथम हुनु भएको छ ।

स्यानीपिपली मेलाको मुख्य आकर्षक केन्द्र विन्दुको रुपमा रहेको छेलो बनगाडको शक्ती पर्दशनीका रुपमा चिनीन्छ । जुन स्थानका युवाले छेलो जित्यो उक्त गाउँमा खुसीयाली मनाउने चलन छ । जस्लाई पुर्खाहरुले वलवानका रुपमा परिभाषित गर्ने गर्दछन् । यो मेला जेष्ठ महिनाको चर्को तापिलो घाममा लाग्ने भएकोले पिपलको रुख छहारिमा लाग्ने गर्दछ ।

१ दिन सम्म चल्ने मेलामा टाढा टाढाबाट मेला हेर्न र छेलो कस्ले जित्छ भनेर निकै उत्सुकताका साथ स्थानीय मेला खेल्न आउने गर्दछन् । तर केहि समय पछि भने छेलोलाई भन्दा स्थानीय युवाहरु भलिवल खेललाई रोजाईमा पार्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...