News Portal

हुम्लाको सदरमुकाम सिमीकोटमा खानेपानी अभाव

५७४ पटक

हुम्ला – सदरमुकाम सिमीकोट देखि ३ किलोमिटर पर छल्ट्रा खोला मुहानको ट्यांकी र पाइप आज बिहान भारी वर्षापछि पूरै क्षतिग्रस्त भएको छ ।

खानेपानी समितिका सदस्य लोकमणि राउतले गाउँमा आजैदेखि खानेपानीको अभाव भएकाले मूलहरुबाट पानी ल्याउन सर्वसाधारण जनता र कर्मचारीलाई दुई घण्टा लाग्ने बताउनुभयो । सिमीकोट गाउँपालिकाका अध्यक्ष पद्मबहादुर लामाका अनुसार यही साउन २५ गते प्राविधिकले सो ठाउँमा निरीक्षण गर्नेछन् ।

यसैबीच सिमीकोट गाउँपालिका –८ स्थित मेलघाट र भरीघाटको काठेपुल अविरल वर्षाले बगाएपछि यम्बु गाउँका मानिसलाई सदरमुकामबाट उपभोग्य सामान ल्याउन कठिनाइ भएको वडाध्यक्ष चक्र बुढाले जानकारी दिनुभयो । रासस

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...