News Portal

अष्ट्रेलिया लान्छु भनेर लाखौं ठग्ने युवती पक्राउ

हिमाली संचार संवाददाता
४४९ पटक

काठमाडौं, १ जेठ : डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अष्ट्रेलियाको पीआर होल्डर हुँ भन्ने नयाँ बानेश्वरकी २३ वर्षीया रेजिना अधिकारी र सिन्धुलीका गणेश भनिने अरविन स्याङ्वो छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले बताए । उनका अनुसार स्याङ्वो एसियन इन्टरनेश्नल कन्सल्टेन्सीका एकडेमिक डाइरेक्टर हुन् ।

थापाका अनुसार अधिकारीले माकलवारीका अमित श्रेष्ठसँग कोर्ट म्यारिज गरेर अष्ट्रेलिया लैजाने प्रलोभन देखाएकी थिइन् । तर, ४ लाख ५० हजार रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएको प्रहरीमा उजुरी परेको छ ।

विस्तृत अनुसन्धानका क्रममा उनलाई कन्सल्टेन्सी सञ्चालक स्याङ्वोले प्रयोग गरेको खुलेको थियो । यसअघि उनीहरुबाट चाँगुनारायणका सागर धमला समेत ठगिएका थिए । प्रहरीका अनुसार धमलाको १३ लाख ४७ हजार रुपैयाँ ठगी भएको थियो ।

पक्राउ परेका दुवै जनाविरुद्ध ठगी मद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको महाशाखाका प्रवक्ता एसपी केदार ढकाल बताउँछन् । ढकालले सोही प्रकृतिको घटना पुनः दोहोरिन सक्ने सम्भावना रहेकाले समयमै सजग हुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...