News Portal

कबिता ~ फुल हाै तिमी !

हिमाली संचार संवाददाता
५२५ पटक

         – प्रीति अर्याल

अाेठका कापबाट मुस्कान
क्षितिजसम्म पुगेपछि
जिबनकाे बलेसिमा झुल्कन्छ
एक झिल्काे घाम
हाे त्यहीँ घाम हाै तिमी

एउटा फरक जीवन लिएर
बाैरिदै अाईपुग्छाै तिमी
घाम जस्तै न्यानो भएर
काँडामा गुलाफ भएर ,
हिलाेमा कमल भएर ,
चट्टानमा फुल्ने सुनगाभा भएर अायाै ।

घामकाे न्यानोसगै जाेडिएकाे छ ।
एउटा असहाय मन
तिम्रो शालिन मनसँग
मथिङ्गल स्तब्ध हुदा
बाच्नुकाे ढङ्ग भुलेर
बिश्वासकाे पर्खाल भत्किएको बेला
एउटा माैन उत्सब लिई
सम्भावनाका रेखा मुटुमा राेप्दै
तिम्रो भर म र मेरो भर तिमी
प्राण भरेर जीवनमा
खुसी समेट्न झुल्कियाै

जिबनकाे अध्यारो छलेर कतैबाट
उदाउछाै तिमी
कष्टका घाउहरु
जीवनकाे लट्टाईबाट अाेरालाे लागे पछि
फुलेका थियौ हामी जीबनकाे गमला भरि
हाे त्यहीँ फुल हाै तिमी
~~~~~~~~
बुढानिलकण्ठ

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...