News Portal

  • तपाईंको राशिफल : आज २०७६ साल जेठ १ गते बुधबार, सन् २०१९ मे १५ तारिख

    हिमाली संचार संवाददाता
    ३६९ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बाेलीकाे भरमा काम सम्पादन हुनेछ। अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरेे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै काम बन्नेछ।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए एनसीसी कुवेतमा एकता असम्भव: श्रमिकमाथि अन्याय, तस्करको चलखेल !

    https://himalisanchar.com/archives/73266

    (धीरेन्द्रराज सुवेदी, निवर्तमान अध्यक्ष एनसीसी कुवेत।) कुवेत, असार ३१ — गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा...

    मिडिया हाउसको छायाँमा नक्कली नोट र अफिम कारोबार, पाँचजना समातिए

    सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार...

    इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

    प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै...

    धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, सार्वजनिक विदामा पनि चढ्न पाइने

    काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र...

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...