News Portal

जुम्लामा ट्राफिक नियम सिकाइँदै एक महिला ट्राफिक

हिमाली संचार संवाददाता
३४५ पटक

जुम्ला- राष्ट्रिय सडक सञ्जालमा जोडिएको एक दशक भए पनि महिला तथा बालबालिकालाई ट्राफिक नियमसम्बन्धी जानकारी छैन । कर्णाली राजमार्ग हुँदै जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

यहाँका महिला तथा बालबालिका र  ज्येष्ठ नागरिक सडकको दायाँबायाँ कतातर्फँ हिँड्ने, कसरी सडक पार गर्ने तथा प्रयोग गर्ने भन्ने कुरा जानकारी नहुँदा दुर्घटना भएका छन् ।

यहाँका सर्वसाधारणले चौपायालाई सडकमा जथाभावी छाड्ने गर्दा पनि दुर्घटनाको जोखिम बढेको छ ।

दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय जुम्लाले ट्राफिक नियमसम्बन्धी जनचेतना जगाउने गरेको छ ।

ट्राफिक, ट्राफिक प्रहरी, सडक तथा बाटाको प्रयोग गर्ने तरिका, सवारी साधनमा यात्रा गर्दा ध्यान दिनुपर्ने विषयबारेमा जनचेतना जगाइएको ट्राफिक हवलदार कुशराज शाहीले बताए ।

उनले भने, ‘सवारी साधनमा यात्रा गर्ने तरिका तथा छाडा पशुचौपायाबाट हुने सवारी दुर्घटना र धनजनको क्षति सम्बन्धमा प्रशिक्षण तथा जनचेतना जगाउन काम गरिएको हो ।’

किसान माइक्रो फाइनान्सको आयोजनामा तिला  र तातोपानी गाउँपालिकाका महिलालाई सचेतना दिलाइएको हो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...