News Portal

लिएको ऋण नदिएपछि बसे अनशनमा यम दाहाल, ४ दिनदेखि भोकै

हिमाली संचार संवाददाता
४३० पटक

झापा : झापाको गौरादहमा ब्यक्तिगत लेनदेनको विवादित कारोबारले नगर बन्दसम्मको मोड लिएको छ ।  चार दिनदेखि अनशनरत झापा गौरादहका यम दाहालको जीवन रक्षाका लागि भन्दै गौरादह उद्योग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरेको छ । उद्योग वाणिज्य संघ गौरादहको आयोजनामा सोमबार पत्रकार सम्मेलन गरिएको  हो ।

अनशनरत दाहालले गौरादह नगरपालिका १ निवासी सिर्जना घिमिरेलाई २६ लाख रुपैयाँ विभिन्न समयमा गरि दिएको बताएका छन् । सो रकम सिर्जनाले फिर्ता नगरेकोले पिडित दाहालले नगरको न्यायिक समितीमा रकम दिलाइदिन उजुरीसमेत दिएका थिए । नगरको न्यायिक समितीले पनि पटक पटक गरि छलफल गराएता पनि सिर्जनाबाट रकम असुल गराउन नसकेपछि अनसनमा बस्न बाध्य भएको पिडित दाहालको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष जीवन राईले सम्बन्धित निकायलाई यस  विषयमा चाडो भन्दा चाडो निष्कर्ष निकाल्न आग्रह गरेका छन । पिडित दाहाल उद्योग वाणिज्य संघको सदस्य रहेको र कोहि व्यावसायि दु:खमा पर्दा बाणिज्य संघ चुप लागेर नबस्ने उनको भनाई छ ।

साथै उद्योग वाणिज्य संघले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । सोमबार  ३० गते दिउँसो १२ बजे देखि २ बजे सम्म नगरका सम्पुर्ण उद्योग, कलकारखाना तथा पसल बन्द,भोलि वैशाख ३१ गते बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म नगरपालिकामा शान्तिपूर्ण धर्ना,जेष्ठ १ गते डिपुचोकमा एक घण्टा चक्काजाम र जेष्ठ २ गते देखि अनिश्चितकालिन गौरादह नगर बन्द घोषणा गरिएको छ।

अनशनरत दाहाल उद्योग वाणिज्य संघका सदस्य रहेको र आफ्नो संघका सदस्य पिडामा रहेको बेला आफू निष्क्रिय नबस्ने कुरा अध्यक्ष राईको भनाई थियो। रक्तचाप ह्वात्तै बढ्ने र घट्ने समस्याका कारण यता अनशनरत दाहालको स्वास्थ अवस्था नाजुक बन्दै गएको छ।

दाहाल र सोही वडा बस्ने घिमिरे बीचको आर्थिक लेनदेनको बिषयमा दुईबीच आरोपप्रत्यारोप चलेको छ। विभिन्न संचार माध्यममा आफू पिडित भएको कुरा दाहालले बताएका थिए। तर त्यसको प्रतीउत्तरमा घिमिरेले आफू चाहिँ दाहालको अन्यायमा परेको बताएकी थिइन।

यता यम दाहालले भने आफ्नो २६ लाख डुबेको र अहिलेको समयमा ब्याज सहित ३६ लाख पुगेको दाबी गर्दै आएका छ्न। आफुले विभिन्न सहकारी तथा व्यक्तिबाट सापट लिएर सृजनालाई उक्त रकम दिएको र अहिले आफू ठूलो समस्यामा परेको दाहालको भनाई छ।

नगर न्यायीक समिती देखि लिएर उद्योग वाणिज्य संघ सहित राजनैतिक पार्टीलाई सहयोगको याचना गर्दा समेत कसैबाट सहयोग नपाएको दाहालको जिकिर छ। स्मरण रहोस यसै बिषयलाई लिएर दाहालले गत वैशाख १९ गते अनसनको थालनी गरेका थिए। तर केही घण्टामै १ न. का वडा अध्यक्ष नगेन्द्र भण्डारीले यो मामिलामा पुर्ण सहयोग गर्ने भन्दै अनसन तोडाएका थिए।

तर वडा अध्यक्षको उक्त भनाई केबल आश्वासन मात्र भएको र अब उप्रान्त कसैको नि आश्वासनलाई बिश्वास नगर्ने दाहालले बताएका छ्न। अनसनरत दाहालकी श्रीमतीका अनुसार वडा अध्यक्षले आफ्नो कार्य व्यस्तताका कारण समय दिन नसकेको र सृजना घिमिरेद्वारा बजारमा गलत हल्ला फिजाएको आरोप लगाएकी छ्न ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...