News Portal

पत्रकारद्धारा संचारमन्त्री बास्कोटाको कार्यक्रम बहिष्कार 

हिमाली संचार संवाददाता
३७७ पटक

बैशाख २९, नुवाकोट : नेपाल प्रेस युनियन नुवाकोटले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ । आईतबार बिहान सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन सम्वद्ध पत्रकारहरुले बहिष्कार गरेका हुन् ।

प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद अधिकारीका अनुसार नेपाली प्रेसलाई पूर्ण नियन्त्रित गर्ने र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा मिडिया काउन्सिल संबन्धि बिधेयक दर्ता गरिएको र प्रेस बिरोधी गतिबिधिहरु नियन्त्रणमा संचारमन्त्री बास्कोटा पूर्ण उदासीन रहेकाले बिरोधस्वरुप मन्त्रीको कार्यक्रम बहिष्कार गरिएको हो ।

अधिकारीले मिडिया काउन्सिल बिधेयकको बिरोधमा पत्रकार महासंघले संचालन गरेको आन्दोलनका कार्यक्रम नुवाकोटमा प्रभावकारी रुपबाट संचालन गर्न प्रेस युनियन प्रतिबद्ध रहेको समेत बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...