News Portal

इतिहासमै यति डरपोक सभामुख देखेको थिएन : देउवा

हिमाली संचार संवाददाता
४८० पटक

काठमाडौं, २६ वैशाख : प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले असंसदीय भाषा बोल्दा पनि सभामुख कृष्णबहादुर महराले नसुनेको जस्तो गरेर निरिह बनेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसले शुरू गरेको ‘हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान’अन्तर्गत काठमाडौंमा बुधबार उद्घाटन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको असंसदीय भाषाको कांग्रेसले तत्काल विरोध गरेको बताए ।

‘प्रधानमन्त्रीले असंसदीय भाषा बोल्नुभयो । सभामुखलाई डिलिट गर्नुस् भन्यौँ । मान्नु भएन’, देउवाले भने, ‘इतिहाँसकै निरीह सभामुख । यति डरपोक सभामुख देखेकै थिएन । धेरै सभामुख देखेको थिएँ ।’ उनले सभामुख महरा प्रधानमन्त्री ओलीसँग डराएको दाबी गरे । सभामुखले सत्ता पक्षलाई मात्रै साथ दिएका छन् । प्रतिपक्षलाई पेलिएको छ’, उनले भने, ‘प्रमुख प्रतिपक्षले उठाएका जायज कुरालाई पनि सुनिएन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेकोमा आक्रोश जनाएका सभापति देउवाले भने, ‘हाम्रो देशको संविधान र परम्पराले के भनेको छ त्यो गर्ने हो । अरु देशले के गरे भन्ने होइन । अरुको नक्कल गर्ने होइन ।’ राष्ट्रपति र प्रधानमन्त्रीले सडक बनाएको विषयमा दिएको तथ्याङ्कले जनतालाई गुमराहमा राखेको बताए ।

‘यी प्रधानमन्त्री जे पायो त्यो बोल्ने भए । सभामुख जे पनि गर्छन् । यही हो अधिनायकवाद भनेको’, कांग्रेसका सभापति देउवाले भने, ‘हाम्रो पार्टीले हरेक तानाशाहीको विरुद्धमा लड्दै आएको छ । यो तानाशाहलाई पनि मान्दैनौँ । आवश्यक पर्यो भने सडकबाट फाल्छौँ । उनले भने, ‘विगतमा तानाशाहहरूको हालत के भएको छ हेरे हुन्छ विगतलाई । कुनै पनि किसिमको तानाशाह कांग्रेसलाई मान्य छैन ।

‘राणा शासनलाई फालियो । राजा ज्ञानेन्द्रको शासन फालियो’, देउवाले आक्रोशित हुँदै भने, ‘यस्तै अवस्था रह्यो भने अहिलेको निरंकुश सरकारलाई जनताले फाल्न नपरोस् । नेपाली कांग्रेसले बुधबारदेखि ७७ वटै जिल्लामा जागर अभियान शुरू गरेको छ । अभियानमा प्रत्येक जिल्लामा केन्द्रबाट प्रतिनिधिहरू खटाइएको छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...